News

लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका दसौंदी निर्वाचित

लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा एमालेका दसौंदी निर्वाचित

लुम्बिनी प्रदेशमा भएको राष्ट्रियसभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी निर्वाचित भएका छन् ।

उनले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित गरेका हुन् । दसौंदीले ४ हजार २६ मतभार पाए भने कांग्रेसका आचार्यले ३ हजार ७२० र नाउपाका रायले १९२ मतभार पाए ।

उनले प्रदेशतर्फ २०६४ र स्थानीय तहतर्फ १९६२ गरी कुल ४ हजार २६ मतभार प्राप्त गरेको निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए। उनका निकटतम् प्रतिष्पर्धी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका माधवप्रसाद आचार्यले प्रदेशतर्फ १७७६ र स्थानीय तहतर्फ १९४४ जम्मा ३७२० मत प्राप्त गरेका थिए। आचार्य ३२६ मतान्तरले पराजित भएका हुन्।

त्यस्तै नागरिक उन्मुक्ति पार्टीका उम्मेद वार राजेन्द्रवीर रायले १९२ मत प्राप्त गरेका छन्।  लुम्बिनी प्रदेशमा कुल मतभार ७००९ रहेको थियो। निर्वाचन अधिकृत कार्कीका अनुसार प्रदेश सभातर्फ १ सय ४४ मतभार बदर भएको थियो।

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा रिक्त एक सदस्य चयन गर्नका भएको मतदानमा प्रदेश सभाका ८७ जना र स्थानीय तहका प्रमुख÷उपप्रमुख २ सय १७ जनाले मतदान गरेका थिए। 
 

विशेष