News

लुम्बिनीमा आज हुँदै गरेको राष्ट्रिय सभा उपनिर्वाचनका यी हुन प्रतिस्पर्धी 

लुम्बिनीमा आज हुँदै गरेको राष्ट्रिय सभा उपनिर्वाचनका यी हुन प्रतिस्पर्धी 

लुम्बिनीमा राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा आज मतदान हुँदै छ । प्रदेशमा राष्ट्रिय सभाको एक रिक्त सदस्यका लागि आज मतदान हुन लागेको हो । निर्वाचन कार्यालय दाङका अनुसार उपनिर्वाचनका घोराहीको कर्मचारी मिलन केन्द्रमा मतदान हुनेछ ।

तत्कालीन राष्ट्रिय सभा सदस्य नेकपा एमालेका खिमलाल भट्टराईले असोज २३ मा राजीनामा दिएसँगै उक्त पद रिक्त थियो। आज बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म मतदानका लागि समय दिइएको प्रदेश निर्वाचन कार्यालय दाङका प्रमुख नारायणप्रसाद भण्डारीले बताए।

गतदान सकिएपछि गणना गरिने र परिणाम आजै सार्वजनिक गर्ने तयारी छ। उपनिर्वाचनका लागि तीन दलबाट एक–एक जनाले उम्मेदवारी दिएका छन्। नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्य, नेकपा एमालेबाट कुमार दसौदी र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ।

गत माघ ११ मा उम्मेदवारी दर्ता भएको थियो। उपनिर्वाचनमा प्रदेश सभा सांसद, पालिकाका प्रमुख र उपप्रमुख मतदाता हुन्छन्। लुम्बिनी प्रदेश सभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुखमध्ये हरेकको मतभार १८ छ। कुल ३०५ जना मतदाता रहेको लुम्विनीमा प्रदेश सांसदको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ छ।

लुम्बिनीका १०९ पालिका मध्ये कांग्रेसले ४८, एमालेले २७, माओवादीले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २÷२ तथा राप्रपा र जनता प्रगतिशीलले १÷१ स्थानीय तहमा जितेका छन्। ८७ सदस्यीय प्रदेश सभामा एमालेले २९, कांग्रेसले २७, माओवादीले १०, राप्रपा र नागरिक उन्मुक्तिले ४÷४, जसपा, लोसपा र जनमतले ३÷३ जनमोर्चा र नेकपा एकीकृत समाजवादीले १÷१ सिट जितेका छन्।

यहाँ स्वतन्त्रबाट २ जनाले जितेका छन्।
 

विशेष