News विदेश

प्लास्टिकको बोतलबाट बनेको ज्याकेट लगाए मोदी संसदमा पुगेपछि...

प्लास्टिकको बोतलबाट बनेको ज्याकेट लगाए मोदी संसदमा पुगेपछि...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुधवार प्लाष्टिकको बोतलबाट वनेको ज्याकेट लगाएर संसद भवनमा पुगेका छन् । प्रधानमन्त्री मोदीले नीलो ज्याकेट लगाएका थिए, जसमा हरियो सन्देश लेखिएको थियो। ज्याकेट रिसाइकल बोतलहरूबाट बनाइएको थियो।

उनले संसदमा लगाएको निलो ज्याकेटलाई सांसदले विशेष महत्वका साथ हेरेका थिए। किनभने यो पुनः प्रयोग गरिएको पीईटी बोतलहरूबाट बनाइएको थियो। जलवायु परिवर्तन विरुद्धको लडाईलाई जनआन्दोलन बनाउने प्रयासमा रहेका मोदी सन २०१९ मा महाबलीपुरमको समुद्र तटमा प्लाष्टिकका वोटल संकलन गर्दै गरेको देखिएको थियो।

इन्डियन आयल कर्पोरेशन (आईओसी) ले बेंगलुरुमा भएको इन्डिया इनर्जी वीकमा प्रधानमन्त्री मोदीलाई ज्याकेट प्रदान गरेको हो । भारत आयलका कर्मचारी र सशस्त्र बलका लागि दिगो कपडा बनाउन १० करोडभन्दा बढी प्लाष्टिकका बोतलहरू पुनः प्रयोग गरिने छ।
 

विशेष