News

निर्मला पन्तको हत्यारा पत्ता लगाउन गरिएको पछिल्लो डिएनए परिक्षणको रिपोर्ट आयो

निर्मला पन्तको हत्यारा पत्ता लगाउन गरिएको पछिल्लो डिएनए परिक्षणको रिपोर्ट आयो

रवि लामिछानेले प्राथमिक्ताका साथ अगाडि वढाएको निर्मला पन्तको हत्या अनुशन्धान पनि असफलता उन्मुख देखिएको छ। बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ गरी डिएनए परिक्षण गरिएका ५ मध्ये ३ जनाको रिपोर्ट नेगेटिभ आएको छ।

कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित उल्टाखामकी निर्मलाको हत्यामा संलग्न आशङ्कामा केन्द्रीय अनुसन्धान ब्युरोले ५ जनाको रगतको नमुना सङ्कलन गरेको थियो । जस मध्ये ३ जनाको डीएनए रिपोर्ट नेगेटिभ आएको जनाईएको छ भने दुई जनाको रिपोर्ट आउन बाँकी छ।

सङ्कलित नमुना परीक्षण गर्दा ३ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको केन्द्रीय अनुसन्धान ब्युरोका एकजना अधिकृतले बताए । डीआईजी दुर्गा सिंह नेतृत्वको छानबिन समितिले दुईजना भारतीय नागरिकसहित ५ जनाको रगतको स्याम्पल सङ्कलन गरेर प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा परीक्षण गर्न पठाएको थियो ।

ब्युरो स्रोतका अनुसार भारतीय नागरिक मोहम्मद इस्लाम नामका दुईजना र एकजना भीमदत्त नगरपालिकाका स्थानीयको रिपोर्ट नेगेटिभ आएको छ । प्रहरीले भारतको पिल्भीथबाट मोहम्मद इस्लाम नामका दुई जना भारतीयको रगतको नमुना सङ्कलन गरेर काठमाडौँ ल्याएको थियो ।

कञ्चनपुरस्थित निर्मलाको घर नजिकै तरकारी खेती गर्ने किशानका छोरा मोहम्मद इस्लामसँग नाम मिलेपछि दुईजनाको नमुना सङ्कलन गरिएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरू बताउँछन् । २०७९ पुस २० मा उनीहरूको रगतको नमुना सङ्कलन गरेर काठमाडौँ ल्याइएको थियो ।

निर्मला पन्तको १० साउन २०७५ मा बलात्कारपछि हत्या भयो । १३ बर्सिया निर्मलाको हत्यामा संलग्न आरोपी पत्ता लगाउन प्रहरीले अहिलेसम्म  १२३ जनाको डीएनए जाँच गरेको छ । तर, डीएनए म्याच नहुँदा अनुसन्धानको नतिजा शून्य छ ।

आरोपी पहिचान नहुँदासम्म सिआईबीले अनुसन्धान जारी राख्ने जनाईएको छ। 

निर्मला पन्त

विशेष