News विदेश

चीनले वेलुन मार्फत १२ देशको जासुसी गरिरहेको अमेरिकाको दावी

चीनले वेलुन मार्फत १२ देशको जासुसी गरिरहेको अमेरिकाको दावी

चीनको ‘जासुसी बेलुन’लाई फाइटर जेट प्रयोग गरेर एटलान्टिक महासागरमा खसालेको अमेरिकाले उक्त वेलुन सम्वन्धि थप जानकारीहरु वाहिर ल्याएको छ।

अमेरिकी अधिकारीहरुका अनुसार चीनले अमेरिका मात्र नभएर भारत, जापान, भियतनाम, ताइवान, फिलीपीन्स सहित अमेरिका समर्थक १२ देशहरुमा यस्ता वेलुन छोडेको छ। अमेरिकाका उप सचिव वेंडी शर्मनले भारत लगायत ४० देशका राजदुतहरुलाई यस विषयमा जानकारी दिन थालेको छ।

वाशिंगटन पोस्टको एउटा रिपोर्टमा रक्षा तथा खुफिया अधिकारीहरुलाई उधृत गर्दै चिनले तिव्र गतिमा विकास गरिरहेका देशमा यस्ता जासुसी वेलुन छोड्ने गरेको उल्लेख गरेको छ। यस्ता वेलुन मार्फत ति देशका शैन्य गतिविधिसहित गोप्य सुचनाहरु संकलन गर्ने गरिएको उक्त रिपोर्टमा उल्लेख छ।

‘द डेली’ को रिपोर्ट अनुसार चीनको पीपुल्स लिबरेशन आर्मी (पिएलए) र एयरफोर्स इनले जासूसी बेलुनको निगरानी गर्ने गरेका छन्। जुन पाँच महाद्वीपमा देखिएको छ। एक वरिष्ठ रक्षा अधिकारीले पछिल्ला केही वर्षमा हवाई, फ्लोरिडा, टेक्सास र गुआममा पनि जासुसी विमान देखिएको वताएका छन् ।
 
अन्तराष्ट्रि मिडियाहरुले अमेरिकाको डिफेन्स एक्सपर्ट एचआई सटनलाई उधृत गर्दै भारतमा पनि चिनको जासुसी वेलुन देखिएको दावी गरेका छन् । डिसेम्वर २०२१ र जनवरी २०२२ को बीचमा चीनले जासुसी वेलुन मार्फत भारतको शैन्य वेसमा निगरानी गरेको जनाईएको छ। त्यो समयमा अंडमान निकोबार द्वीप समूहो राजधानी पोर्ट ब्लेयरको माथिबाट वेलुनले उडान भरेको थियो। त्यो वेला वेलुनको फोटो सामाजिक सञ्जालमा भाईरल भएपनि भारत सरकारले आधिकारिक प्रतिक्रिया जनाएको थिएन।
 

विशेष