News

साझा प्रकाशन डुवाउने ममता झालाई सिके राउतले उपराष्ट्रपतिको उम्मेदवार बनाउने

साझा प्रकाशन डुवाउने ममता झालाई सिके राउतले उपराष्ट्रपतिको उम्मेदवार बनाउने

डा. सिके राउत नेतृत्वको जनमत पार्टीले पनि उपराष्ट्रपतिमा आफ्नो दाबी गरेको छ । नेतृ ममता झाको नाम जनमतले उपराष्ट्रपतिमा अघि सारेको हो । 

सप्तरीकी ममता सद्भावना पार्टी पृष्ठभूमिकी हुन्। उनी केही समय एमाले समेत भएकी थिईन। केही समयअघि जनमत पार्टीमा प्रवेश गरेकी झा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा राजविराज नगरपालिकाका लागि मेयरको उम्मेदवार थिईन।

राजविराजमा जनता समाजवादी पार्टीका भिमराज यादव ९६२४ मत ल्याएर निर्वाचित हुँदा झा ९२२ मत ल्याएर सातौं भएकी थिइन् । 

ममता झाको केही समयसाझा प्रकाशनको महाप्रवन्धक तथा अध्यक्ष पनि भईन। साझा डुवाउने मध्येमा उनको पनि नाम जोडिने गरेको छ। तत्कालीन कृषि तथा सहकारी मन्त्री मृगेन्द्रकुमार सिंह यादवले आफ्नो पार्टीकी सदस्य ममता झालाई साझाको महाप्रबन्धक र अध्यक्षमा नियुक्त गरेका थिए ।

त्यतिखेर सरकारले संस्थाको केन्द्रीय भवन निर्माण गर्न २०६६ सालमा ४ करोड रुपैयाँ अनुदान दियो । अध्यक्ष झाले निर्माण रकम अपुग भएकाले थप ३ करोड ५ लाख अनुदान मागिन । रकम स्वीकृत भयो । चारतलाको जोडी भवनको बाहिरी संरचना निर्माण भया। ४२ प्रतिशतमात्र काम र छुट्टिएको रकममध्ये ७४ प्रतिशत खर्च भइसकेपछि पनि निर्माण सम्पन्न गर्न अझै ७ करोड रुपैयाँ आवश्यक भएको जनाईयो।

भवन निर्माणको समयमा अध्यक्ष तथा महाप्रबन्धक झाले साझा प्रकाशनका सबै कार्यसंरचनालाई नियमित तालिका बाहिर पु¥याएकी थिइन । जसका कारण कर्मचारीसमेत गुटबन्दीमा बाँडिए । झाले आफनो सवारीका लागि ८० लाखको गाडी किनिन ।

भवन निर्माणमा ठूलै घोटाला भएको आर्थिक प्रतिवेदनले औंल्यायो। अख्तियार दुरुपयोग आयोगले छापा मारेर भवन निर्माणका सबै कागजात नियन्त्रणमा लिएपछि झा बिदा भइन । सात महिना छानबिन गरे पनि अख्तियारमा सदस्य फेरिएसँगै कसैमाथि कारबाही भएन । ती कागजात अहिलेसम्म साझा प्रकाशन सञ्चालन समितिलाई फिर्ता दिइएको छैन । 

जनमत पार्टीले अहिले उनै झालाई उपराष्ट्रपतिको उम्मेदवार वनाउन सत्ता गठवन्धनमा दवाव श्रृजना गरेको छ।
 

ममता झा

विशेष