News

युरोप हिडेका नेपाली युवा म्यानमार र थाइल्यान्डमा चीनियाँ नागरिकको बन्धक

काठमाण्डौंमा आईटी इन्जिनियरको परिक्षाः थाईल्याण्ड पुर्याएर ह्याकिङको काम

युरोप हिडेका नेपाली युवा म्यानमार र थाइल्यान्डमा चीनियाँ नागरिकको बन्धक

नेपाली युवायुवतीलाई युरोप–अमेरिका पठाउने भन्दै चीनियाँ नागरिकले म्यानमार, थाइल्यान्ड र कम्बोडियामा बन्धक बनाएर राख्ने गरेको पाईएको छ। प्रहरीको मानव तस्कर रोकथाम नियन्त्रण ब्युरोमा १५ जना नेपालीले आफूहरू थाइल्यान्ड, कम्बोडिया र म्यानमारमा बन्धक भएको भन्दै उजुरी दिएका छन् ।

ब्युरो स्रोतका अनुसार चीनसँग सीमा जोडिएका थाइल्यान्ड र म्यानमारको भू–भागमा नेपालीहरूलाई बन्धक बनाइएको छ । प्रारम्भिक अनुसन्धानबाट नेपालीहरूलाई चिनियाँ नागरिकले बन्धक बनाएको खुलेको प्रहरीले जनाएको छ। उनीहरू म्यानमार सरकार र थाइल्यान्ड सरकारको समेत नियन्त्रणबाहिर रहेको भूमिमा बन्धक भएको पाईएको छ।

प्रहरीलाई प्राप्त उजुरीअनुसार बन्धक बनाइएका अधिकांश नेपाली युवा आईटी इन्जिनियरहरू छन् । उनीहरूलाई चिनियाँ नागरिकले ठूलो आर्थिक प्रलोभनमा पारेर थाइल्यान्डदेखि म्यानमार पु-याएका हुन् । नेपाल फर्किन सफल केही युवालाई नेपालीकै सहयोगमा चिनियाँ नागरिकले आईटी कार्यालयका लागि भन्दै महिनाको १ लाख अमेरिकी डलर तलब हुने प्रलोभनमा पारेर त्यहाँ पु-याएका थिए ।

त्यसका लागि ठमेलका विभिन्न होटलमा चिनियाँले आईटीसम्बन्धी परीक्षासमेत लिएको खुलेको छ । यसरी चिनियाँले लिएको परीक्षामा पास हुनेलाई दुबईहुँदै म्यानमार र थाइल्यान्ड पु-याएका हुन् । म्यानमार र थाइल्यान्डमा पु-याएपछि भने चिनियाँहरूले विभिन्न व्यक्तिलाई क्रिप्टो करेन्सी कारोबारको नाममा लगानी गर्न लगाएर ठगी गर्न लगाउनेदेखि विभिन्न मुलुकका बैंक ह्याक गर्ने काममा खटाउने गरेको खुलेको छ ।

त्यसरी पुग्ने नेपालीलाई बन्धक बनाएर काममा लगाउनेदेखि काम गर्न नसक्नेमाथि शारीरिक यातनासमेत दिने गरेको खुलेको छ । रोजगारीका लागि दुबई पुगेका केही नेपालीहरूसमेत त्यहीँबाट म्यानमार र थाइल्यान्ड पुगेका छन् । बन्धक बनाइएका अधिकांशका परिवार प्रहरीको सम्पर्कमा पुग्न थालेका छन् ।

नेपालीबाहेक चिनियाँहरूले अन्य देशका नागरिकलाई समेत बन्धक बनाएर ह्याकरका रूपमा प्रयोग गरेका छन् । केही भारतीय र केही नेपालीलाई भने म्यानमारको वा–स्टेट प्रहरीले उद्धार गरेर फर्काएको छ । 

चीनियाँ नागरिक बन्धक

विशेष