News

एउटामा आगो लागेपछि क्यानले रोक्यो श्री एयरलाइन्सका ८ वटै जहाजको उडान

एउटामा आगो लागेपछि क्यानले रोक्यो श्री एयरलाइन्सका ८ वटै जहाजको उडान

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले श्री एयरलाइन्सका सवै जहाजको उडान रोकेको छ। क्यानले जहाजको इन्जिन सुरक्षा जाँच नसकिएसम्मका लागि सवै उडान रोकेको हो।

आजदेखि श्री एयरलाइन्सका जहाजले कुनै पनि उडान गर्न पाउने छैनन्। जहाजको इन्जिनका सुरक्षा जाँच र उड्न योग्य भए÷नभएको परीक्षण गरेपछि मात्रै उडानका लागि अनुमति दिने तयारी प्राधिकरणको छ।

केही दिनभित्र जहाजका इन्जिनको सुरक्षा जाँच सकिनेछ। त्यसपछि जहाज उड्न योग्य भएमा श्री एयरलाइन्सका जहाजले उडान भर्ने अनुमति पाउनेछन्।

बिहीबार काठमाडौंबाट भैरहवा उडान भरेको जहाजको एक इन्जिनमा आगो लागेको संकेत मिलेपछि जहाजलाई पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै फर्काएर सुरक्षित अवतरण गरिएको थियो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले जहाजको इन्जिनका सुरक्षा जाँच नसकिएसम्म श्री एयरलाइन्सलाई उडान नगर्न निर्देशन दिइएको जानकारी दिए। 

श्री एयरलाइन्सका साना–ठूला गरी ८ वटा जहाज छन्।

पोखरा विमानस्थलमा भएको भयंकर विमान दुर्घटनापछि सरकारले यात्रुको सुरक्षामा केही सतर्कता देखाईरहेको छ। 

यो पनि,

श्री एयरलाइन्सको जहाजमा आगो लाग्यो 

नेपाल नागरिक उड्डयन प्राधिकरण श्री एयरलाइन्स

विशेष