प्रचण्डविरुद्धको रिटमाथि आज सुनुवाइ, आउला पक्राउको आदेश ?
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल विरुद्धको रिटमा आज सुनुवाइ हुँदैछ। बिहीबार हेर्न नभ्याउने भन्दै स्थगित भएको रिटको पेसी आजका लागि तोकिएको हो।
बिहीबार सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा रिट परेको थियो। तर, उनको इजलास नै नवसेपछि आजलाई पेशी तोकिएको हो। १ माघ ०७३ मा काठमाडौंको टुँडिखेलमा आयोजित एक कार्यक्रममा दाहालले द्वन्द्वकालीन समयमा भएका पाँच हजारजनाको हत्याको जिम्मेवारी आफूले लिने बताएका थिए।
उक्त अभिव्यक्तिबमोजिम उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायतले सर्वोच्चमा रिट दायर गरेका हुन्।
यसअघि, उनीहरूको रिट अदालत प्रशासनबाट दरपीठ भएको थियो। न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयालको संयुक्त इजलासले दरपीठको आदेश शुक्रबार बदर गरेको थियो। दरपीठ आदेश बदर भएसँगै गएको मंगलबार दाहालविरुद्ध अदालतमा रिट दर्ता भएको हो।
यो पनि,
- प्रचण्डविरुद्धको रिट विश्वम्भर श्रेष्ठको एकल इजलासमा
- प्रचण्डविरुद्ध रिट दर्ता गरेका आरणलाई यस्तोसम्म धम्की, प्रहरी खटाएर निगरानी
- प्रचण्डलाई कमल थापाको सुझावः भाटाको त्रास होईन, जनतासँग माफी माग्नोस
- प्रचण्डलाई जेल हाल्न कांग्रेसकै नेता लागेपछि गठवन्धनमा खटपट
- प्रचण्डविरुद्ध सर्वोच्चमा रिट दर्ता, पक्राउ गरी कारवाही गर्न माग (पूर्णपाठ)
- प्रचण्ड विरुद्ध हत्या आरोपको रिट दर्ता गर्न सर्वोच्चको आदेश, होला त कारवाही ?