News

‘बलिको बोको’ बनाएर नेम्वाङसँग ओलीले यसरी लिए बद्ला

‘बलिको बोको’ बनाएर नेम्वाङसँग ओलीले यसरी लिए बद्ला

२५ फागुनमा सम्पन्न निर्वाचन मार्फत मुलुकको तेस्रो राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निर्वाचित भए। एमालेका नेता तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ पराजित भए।

नेम्वाङलाई राष्ट्रपतिमा पराजित हुने जान्दा जान्दै उम्मेदवार भएका हुन। त्यसैले उनमा उम्मेदवारी दर्तापछि पनि खासै उल्लास थिएन। किन उनले वुझेका थिए– अध्यक्ष केपी शर्मा ओलीले उनलाई बलिको बोका वनाए। 

सौम्य र शालीन स्वभावका नेम्वाङ एमालेका यस्ता ‘अभागी’ नेता हुन्, जो राष्ट्रपतिमा एमालेको विजय निश्चित हुँदा चर्चामा सीमित रहे। पराजय निश्चित भएपछि मात्र उनलाई उम्मेदवारका रुपमा अघि सारियो।

२०६५, २०७२ र २०७४ मा पनि  नेम्वाङको नाम चर्चामा थियो। तर, उनी चर्चा सीमित रहे । यस पटक पनि उनको चर्चा चल्यो। तर, जित निश्चित हुँदासम्म ओलीले वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेललाई उम्मेदवारमा अघि सारे। जव माओवादीले साथ छोड्यो, सर्लक्कै नेम्वाङ उम्मेदवारको लिष्टमा अगाडि आए।

पहिलो चरणमा माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन शेरबहादुर देउवा तयार नभएपछि कांग्रेस–माओवादीबीचको गठबन्धन १० पुसमा टुट्यो। ओलीको समर्थनमा दाहाल प्रधानमन्त्री भए। राष्ट्रपति एमालेबाट हुने ‘पक्का’ जस्तै देखिन थाल्यो।

ओलीले राष्ट्रपति उम्मेदवारबारे छलफल हुँदा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, गुरु बराल र विष्णु रिमालको नाम प्रस्ताव गर्न थाले। दाहालले नेम्वाङको नाम प्रस्ताव गर्दा स्वीकार गरेनन्। यदि नेम्वाङलाई राष्ट्रपति उम्मेदवार बनाउन ओलीले चाहेको भए एमाले–माओवादीबीचको गठबन्धनले पनि निरन्तरता पाइरहने थियो। 

एमाले–माओवादीबीचको गठबन्धन कायम रहँदा विजय पक्का भएकाले उनको जोड पार्टीका वरिष्ठ उपाध्यक्ष पोखरेललाई नै राष्ट्रपति बनाउनुपर्ने भइरह्यो। उनले नेम्वाङको नाम सुन्नै चाहेनन्। संसद् विघटनको समर्थन नगरेका कारण ओलीले जित्ने स्थिति रहँदा नेम्वाङलाई राष्ट्रपति उम्मेदवार बनाउन नचाहेका हुन्। 

उसो त, एमालेको नवौँ महाधिवेशनमा नेम्वाङलाई ओलीले ‘वरिष्ठ उपाध्यक्ष’ समेत बनाउन चाहेनन्। ओली त उनलाई उपाध्यक्ष पनि बनाउन चाहँदैनथे। प्रतिस्पर्धा गरेर भए पनि वरिष्ठ उपाध्यक्ष बन्ने नेम्वाङको धम्कीपछि मात्रै उनलाई उपाध्यक्ष बनाइएको थियो। 

माओवादीसँग राष्ट्रपतिको कुरा नमिलेपछि माओवादीले फेरी नेपाली कांग्रेसको फेरो समाएर गठवन्धन बदल्यो। एमालेबाट राष्ट्रपति नबन्ने पक्का भयो, त्यसपछि नेम्वाङ उम्मेदवार बनाइएको एमाले नेताहरु नै वताउँछन्।

यो पनि,

राष्ट्रपति रामचन्द्र पौडेल सुवास नेम्वाङ

विशेष