News

प्रचण्ड विरुद्धको मुद्दा नहेर्न माओवादी वकिलले दिएको दवाव न्यायाधीश खतिवडाले टेरेनन्

प्रचण्ड विरुद्धको मुद्दा नहेर्न माओवादी वकिलले दिएको दवाव न्यायाधीश खतिवडाले टेरेनन्

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध परेको रिटको सुनुवाइ नगर्न वकिलहरुले दिएको दवाव न्यायाधीश ईश्वरप्रसाद खतिवडालाई अस्विकार गरेका छन्।

माओवादीनिकट वकिलहरूले न्यायाधिश खतिवडालाई प्रधानमन्त्री समेत रहेका दाहालको मुद्दा सुनुवाई नगर्न दबाब दिएका थिए।

बिहीबार विश्वम्भर श्रेष्ठको इजलासमा परेर हेर्न नभ्याइएको ज्ञानेन्द्रराज आरणसहितको रिट आज खतिवडाको इजलासमा परेको छ । यसअघि सो रिट दर्ताको आदेश खतिवडासहितको इजलासले दिएको भन्दै माओवादी वकिलहरुले सोही रिटको सुनुवाई नगर्न खतिवडालाई सुझाव दिएका थिए ।

इजलासमै पुगेर रमण श्रेष्ठ, चण्डेश्वर श्रेष्ठ, मुक्ति प्रधानलगायतले खतिवडालाई दबाब दिए पनि उनले यस्ता हजारौं मुद्दा आफूले हेरेको भन्दै कुनै कानूनी, संवैधानिक र व्यवहारिक अड्चन नरहेको जवाफ दिएका छन् ।

सो रिटमाथिको सुनुवाइ खतिवडाकै इजलासमा सुरू भएको छ । 
 

ईश्वरप्रसाद खतिवडा

विशेष