News

प्रदेश १ को नाम कोसी प्रदेश नाख्ने प्रस्ताव स्वीकृत

प्रदेश १ को नाम कोसी प्रदेश नाख्ने प्रस्ताव स्वीकृत

प्रदेश १ को नाम कोसी प्रदेश होस् भनी गरिएको प्रस्ताव प्रदेश सभा बैठकले स्वीकृत गरेको छ । एमालेका प्रदेश सभा सदस्य राम राना मगर प्रस्तावक रहेको कोसी नामको प्रस्ताव ध्वनी मतले स्वीकृत भएको हो ।

प्रदेश १ को नाम कोसी प्रदेश होस् भनी गरिएको प्रस्ताव प्रदेश सभा बैठकले स्वीकृत गरेको छ । एमालेका प्रदेश सभा सदस्य राम राना मगर प्रस्तावक रहेको कोसी नामको प्रस्ताव ध्वनी मतले स्वीकृत भएको हो ।

समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले राखेको प्रस्तावमा राजेन्द्र राईले धारणा राखेपछि सभामुख बाबुराम गौतमले प्रस्ताव पारित गर्ने पक्ष र विपक्षमा ध्वनी मत जाहेर गर्न भनेका थिए ।

कोसीको प्रस्तावमा ध्वनी मत आएपछि किराँत लिम्बुवान सगरमाथा प्रदेशको नामको प्रस्ताव सभाले अस्वीकृत गरेको छ । अब कोसी प्रदेशको विषयमा सभामा छलफल हुनेछ ।

नामकरणका लागि सत्तारूढ दल एमालेले कोशी प्रदेश र विपक्षी दल नेकपा (एकीकृत समाजवादी) र सत्तारूढ दल जनता समाजवादी पार्टीले किरात–लिम्बुवान–सगरमाथा प्रदेशका लागि प्रदेशसभा सचिवालयमा प्रस्ताव दर्ता गराएका थिए।

६ वटा प्रदेशले अघिल्लो कार्यालयमै नामकरण गरेपनि प्रदेश १ ले नाम राख्न नसकेकोमा आलोचना खेप्दै आएको छ । प्रदेशसभाको नामकरणका लागि प्रदेशसभामा कायम रहेका दुई तिहाई सांसदको समर्थन हुनुपर्ने संबैधानिक व्यवस्था छ ।

प्रदेश नामकरणका लागि ६३ जना सांसद आवश्यक हुन्छ । प्रदेशसभामा एमालेका ४०, कांग्रेसको २९, माओवादीको १३, राप्रपाको ६, नेकपा एसको ४ र जसपाको १ जना सांसद छन् । 
 

विशेष