News

बैंग्लुरु उड्ने तयारी गरेको विमानभित्र जव महिला यात्रु चिच्याउन थालिन...

बैंग्लुरु उड्ने तयारी गरेको विमानभित्र जव महिला यात्रु चिच्याउन थालिन...

नेपाल वायु सेवा निगमको आरए २२५ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको बैंग्लुरुका लागि उड्ने तयारी गर्दै थियो। सोही क्रममा एक जना महिला विमान भित्रै रुदै चिच्याउन थालिन।

ति महिला यात्रुले रुवावासी गर्दै ओर्लिने भन्न थालेपछि जहानमा होहल्ला भयो। दिउँसो २ वजे उड्न तरखर गरेको विमान अन्ततः रोकियो। महिलालाई विमानबाट झारियो। यतिमात्रै होईन, विमानका सबै ११७ जना यात्रुलाई ओरालेर जहाजभित्र जाँच गरिएको थियो ।

त्रिभुवन विमानस्थलस्थित टीडीओ कार्यालयका अनुसार महिला रुन थालेपछि सवै यात्रु उतारेर पुनः जाच गरेर एक घण्टा डिले गरेर विमान उडाइएको छ । ती महिलालाई भने उडान रद्द गरी ललितपुरस्थित उनकै घर फिर्ता पठाइएको छ ।

उनले घरमा कोही व्यक्ति बिरामी भएकाले भारत जान नसकेको कारण दिएकी छन् । निगमले जहाजभित्र सबै जाँच गरेर एक घण्टापछि थप यात्रुलाई यात्रा गराएको हो । महिलाको यात्रा भने रद्द गराइएको टिडीओ कार्यालयले जनाएको छ ।

उडान नियम अनुसार उड्ने बेला कोही यात्रुले जहाजभित्रै यसैगरी जान इन्कार गरेमा सबै यात्रुलाई ओरालेर जहाज जाँच गरेर मात्रै यात्रा गराइने टीडीओ कार्यालयले जनाएको छ । 
 

विशेष