News

वामपन्थी राष्ट्रपति वन्छन भनेर प्रचण्ड डाँको छोडेर रोएः ओली

वामपन्थी राष्ट्रपति वन्छन भनेर प्रचण्ड डाँको छोडेर रोएः ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वामपन्थी राष्ट्रपति वन्छन भनेर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल डाँको छोडेर रोएको वताएका छन् । शनिबार पार्टीको महिला संगठनको कार्यक्रममा बोल्दै उनले यस्तो वताएका हुन।

प्रधानमन्त्री दाहाल र नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपाल वामपन्थी राष्ट्रपति भए देश खत्तम हुन्छ भनेर लागेको ओलीको टिप्पणी छ। ‘प्रचण्ड त डाँको छोडेर रोएका थिए वामपन्थी राष्ट्रपति हुनै हुँदैन देश खत्तम हुन्छ भनेर’ उनले भने ।

ओलीले आफू जसले जे मागे पनि दिने बलिराजा जस्तो भएको टिप्पणी पनि गरे। ‘म बलिराजा जस्तो मान्छे हो, जसले जे मागे पनि दिने। प्रचण्ड आए प्रधानमन्त्री मागे दिएँ, माधवजीले राष्ट्रपति माग्दै हुनुहुन्थ्यो खाने भए खाउँ भनेको हो’ उनले भने, ‘तर पहिले पार्टीमा त आउनुपर्यो नि, पानी मिलाउनुप-यो, पार्टीमा प्रतिवद्धता हुनुपर्यो । सप्रिने भए विचार गर्नुप¥यो भनेको हो ।’

तर माधव नेपालले प्रधानमन्त्री दाहालले राष्ट्रपति प्रस्ताव गर्दा अस्वीकार गरेको र कांग्रेसकै राष्ट्रपति हुनुपर्ने भनी सार्वजनिक अभिव्यक्ति दिएको ओलीले टिप्पणी गरे । 
 

केपी शर्मा ओली राष्ट्रपति पुष्पकमल दाहाल माधवकुमार नेपाल

विशेष