News विदेश

नासाको चेतावनीः ०४६ को भ्यालेन्टाइन्स डेमा क्षुद्रग्रहले पृथ्वीलाई ठक्कर दिन सक्छ

नासाको चेतावनीः ०४६ को भ्यालेन्टाइन्स डेमा क्षुद्रग्रहले पृथ्वीलाई ठक्कर दिन सक्छ

भर्खरै पत्ता लागेको ‘ओलम्पिकको स्विमिङ पुलजत्रै’ एउटा क्षुद्र ग्रहले झण्डै २३ वर्षपछि पृथ्वीलाई ठक्कर दिनसक्ने नासाले जनाएको छ। त्यो छुद्र ग्रहले पृथ्वीलाई ठक्कर दिने भयो भने त्यो सन २०४६ को भ्यालेन्टाइन्स डेमा पृथ्वीमा आइपुग्ने नासाको भनाई छ।

२०२३ डीडब्लू नाम दिइएको सो क्षुद्रग्रहले पृथ्वीलाई ठक्कर दिने सम्भावना ०.१८ प्रतिशत मात्र रहेको नासाले जनाएको छ। तर, पृथ्वीमा ठोक्किए सो क्षुद्र ग्रहले ठूलै प्रभाव पार्न सक्छ। खासगरी ठूलो सहर वा जनसंख्या धेरै भएको क्षेत्रमा ठोक्किए त्यसको असर झनै खतरा हुने जनाईएको छ। 

त्यो ग्रह पृथ्वीबाट १८ लाख किलोमिटर टाढा मात्रै आइपुग्ने अनुमान छ। तर, अझै पनि तथ्यांक संकलनको काम भइरहेको र आकलन पछि बदलिन सक्ने पनि जनाइएको छ। क्षुद्रग्रह पृथ्वीमा ठोक्किने सम्भावना अत्यन्त कम रहन्छ। तैपनि भइपरी आउने अवस्थाका लागि वैज्ञानिकहरु वर्षौंदेखि तयारी गरिरहेका छन्।

अन्तरिक्ष यान त्यस्ता क्षुद्रग्रहमा ठोक्काएर तिनको बाटो बदल्ने अभ्यास गत वर्ष मात्र नासाले गरेको थियो। 

१० वर्षअघि २०२३ डीडब्लूभन्दा आधाजत्रो उल्कापिण्ड रुसको चेल्याबिन्स्क क्षेत्रमा खसेको थियो। जसले गर्दा २ सय वर्गमाइल क्षेत्रमा झ्यालका सिसा फुटेका थिए भने १५ सय मानिस घाइते भएका थिए। 
बीबीसीको सहयोगमा

क्षुद्रग्रह

विशेष