News विदेश

कस्तो बन्दैछ अमेरिकी राष्ट्रपति चढ्ने विमान, ट्रम्पको ‘कलर डिजाइन’ अस्विकार

कस्तो बन्दैछ अमेरिकी राष्ट्रपति चढ्ने विमान, ट्रम्पको ‘कलर डिजाइन’ अस्विकार

अमेरिकी राष्ट्रपति चढ्ने एयर फोर्स वान विमानको नयाँ कलर डिजाइन शुक्रबार अमेरिकी वायु सेनाले सार्वजनिक गरेको छ। एयर फोर्स वानका लागि दुई वटा जेट तयार पारिँदै छ।

त्यसअघि डोनाल्ड ट्रम्पले रोजेको गाढा रातो, सेतो र निलो रङको डिजाइनलाई खारेज गरिएको थियो। ट्रम्पले चाहेजस्तो ढाँचामा विमान रंगाउन थप समय र खर्च लाग्ने भएपछि पुरानै डिजाइनलाई अलिकति परिमार्जन गरिएको हो।

उसो त ती विमान तयार गर्नमा अनेक पटक ढिलाइ भइसकेको छ। ६० वर्षअघि जोन एफ केनेडी राष्ट्रपति हुँदा जस्तो रङ डिजाइन गरिएको थियो, हालसम्म लगभग त्यस्तै डिजाइन कायम छ।

बोइङ ७६७–८आईलाई मोडिफाइ गरेर बनाइएका यी विमानमध्ये पहिलो २०२७ मा डेलिभर हुँदैछ। त्यसको एक वर्षपछि अर्को विमान डेलिभर हुनेछ।

अमेरिकी राष्ट्रपतिका लागि दुई वटा विमान बनाउने भनेर बोइङले २०१८ मा सम्झौता गरेको थियो। जतिबेला ट्रम्प राष्ट्रपति थिए। ट्रम्पले २०२१ मै विमान तयार गर्न आदेश दिएका थिए। तर, बोइङले समयमा काम गर्न सकेन।

बोइङका लागि यो घाटाको सौदा साबित भएको सीईओ डेविड कालनले बताएका छन्।  उनले ३.९ अर्ब डलरमा गरिएको यो सम्झौता गल्ती भएको बताएका छन्। त्यतिबेला ट्रम्पले बोइङका अधिकारीहरुलाई ह्वाइट हाउसमै बोलाएर सम्झौता गरेका थिए। सीएनएन
 

विशेष