News

शम्भुनाथ नगरपालिकाका मेयर र इन्जिनियर विरुद्ध अख्तियारले दर्ता गर्यो मुद्दा

शम्भुनाथ नगरपालिकाका मेयर र इन्जिनियर विरुद्ध अख्तियारले दर्ता गर्यो मुद्दा

सप्तरीको शम्भुनाथ नगरपालिकाका मेयर जितेन्द्रप्रसाद गुप्ता कलवारसहित दुई जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनी विरुद्ध मुद्दा दायर गरेको हो।

सेवाग्राहीसँग १ लाख ४० हजार रुपैयाँ मागेको पुष्टि भएपछि नगर प्रमुख गुप्ता र इन्जिनियर रामचन्द्र साहविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो।

विद्यालय सभाहल निर्माणको अन्तिम बिल भुक्तानी प्रयोजनका लागि उनले घुस मागेको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए । ३ माघमा अख्तियारले घुस लिएको अवस्थामा इन्जिनियर साहलाई पक्राउ गरेको थियो ।

अनुसन्धानको सिलसिलामा मेयर गुप्ता र इन्जिनियर साहको मिलेमतो पुष्टि भएपछि दुबै जनाविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको अख्तियारको भनाइ छ । 

मेयर साह नेकपा एकीकृत समाजवादीका तर्फबाट चुनाव लडेर निर्वाचित भएका हुन। उनले नेपाली कांग्रेसका उम्मेदवार दीपेन्द्रकुमार चौधरीलाई पराजित गरेका थिए । 
 

जितेन्द्रप्रसाद गुप्ता कलवार शम्भुनाथ नगरपालिका

विशेष