News अपराध सुरक्षा

सुस्त मनस्थितिकी बालिकाको हात समाएको बहानमा एक युवकको कुटरै हत्या

सुस्त मनस्थितिकी बालिकाको हात समाएको बहानमा एक युवकको कुटरै हत्या

सुस्त मनस्थितिकी एक चार वर्षीया बालिकाको हात समाएको भन्दै रौतहटमा एक युवकको कुटरै हत्या गरिएको छ। राजदेवी नगरपालिका–१ पथरा टोलका २५ वर्षीय गजेन्द्र दासको कुटपिटका कारण मृत्यु भएको हो।

रौतहटका प्रहरीका डिएसपी उमाशंकर यादवका अनुसार बुधवार सुस्त मनस्थिति भएकी बालिकाको हात समातेपछि उनीमाथि कुटपिट भएको थियो । होलीको दिन स्थानीय गणेश यादवसहितका तीनजनाको समूहले उनलाई कुटपिट गरेको परिवारका सदस्यले जानकारी दिएका 

कुटपिटबाट गम्भिर घाईते भएको दासको बिहीबार दिउँसो मृत्यु भएको हो। सामान्य सम्झेर अस्पताल नलगेको र प्रहरीलाई पनि जानकारी नभएकाले उनको मृत्यु भएको प्रहरीको अनुमान छ। उनको मृत्यु भएपछि मात्र प्रहरीलाई खवर आएकाले अनुसन्धान सुरु गरेको प्रहरीको भनाई छ।

घटना पश्चात शवलाई पोस्टमार्टम गराइ परिवारजनको जिम्मा लगाइएको छ । घटनामा तीनजना संलग्न रहेको भन्दै मृतकका आफन्त भैरो दासले जिल्ला प्रहरी कार्यालय रौतहटमा किटानी जाहेरी दिएका छन्।

कुटपिटमा संलग्न भएकाहरु फरार भएका छन् । उनीहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ।

हत्या

विशेष