रौतामाईमा आगलागी हुँदा दुई बालवालिकाको मृत्यु

उदयपुरमा आगलागीमा परेर एकै घरका दुई बालवालिकाको मृत्यु भएको छ।
रौतामाई गाउँपालिका–८ का रामवहादुर बुर्जाको घरमा आगलागी हुँदा उनकी ६ वर्षीया छोरी जस्मिन र २ वर्षिय छोरा रोजनको मृत्यु भएको हो।
शुक्रवार बेलुका ५ बजेतिर घरमा बिजुली सर्ट भएर आगलागी भएको र दुई बालवालिकाले ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी राकेशकुमार पोदारले जानकारी दिए ।
आगलागीबाट घर तथा लत्ताकपडा गरी १० लाख रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।