एनआईसीका कर्मचारीमाथि कालोमोसो दल्दै लुटपाट गर्ने को हुन ?
![एनआईसीका कर्मचारीमाथि कालोमोसो दल्दै लुटपाट गर्ने को हुन ?](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2023/03/nic.jpg)
जाजरकोटको भेरी नगरपालिकामा एनआईसी एशिया लघुवित्तका कर्मचारीमाथि कालोमोसो दल्दै लुटपाट गरिएको छ। १६ फागुनमा जाजरकोटको भेरी नगरपालिकामा मासिक किस्ता उठाउन गएका लघुवित्तका कर्मचारीमाथि दुई अज्ञात व्यक्तिले कालोमोसो दलेर साथमा रहेको रकम समेत लुटपाट गरेका हुन।
उनिहरुले किस्ता असुल गरिएको नगद सहितको झोला खोसेर भागेको जाजरकोट प्रहरीले जनाएको छ। मंगलबार लघुवित्तका कर्मचारी किस्ता उठाउन गएको ठाउँमा दुई जना व्यक्ति आएर कर्मचारीलाई कालोमोसो दलेर किस्ता असुल गरेको रजिष्टर र नगदसहित भागेको प्रहरीको भनाई छ।
घटनाको अनुसन्धान गर्न प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। यो घट्ना मेडिकल ब्यवसायी दुर्गा प्रसाईसँग जोडिएको धेरैले अनुमान गरेका छन्। प्रसाईले केही दिनअघि झापामा आयोजित कार्यक्रममा वैंक तथा वित्तिय संस्थाका कर्मचारीलाई कालोमोसो दल्न उर्दी जारी गरेका थिए।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई अगाडि सारेर बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रोश पोखेका उनले २० लाखसम्मको ऋण मिनाहा हुनुपर्ने जनाएका थिए।