News

जसपालाई यस कारण उपराष्ट्रपति दिन चाहाँदैनन् मधेशवादी दल

जसपालाई यस कारण उपराष्ट्रपति दिन चाहाँदैनन् मधेशवादी दल

०७४ सालको निर्वाचनमा भारी मतले जितेको गृह जिल्ला सप्तरीमा गत निर्वाचनमा पराजय भोगेपछि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपचुनाव गराएर जसरी पनि संसदमा छिर्ने दाउमा छन्।

संघ र प्रदेश निर्वाचनमा नेकपा एमालेसँग गठजोड गरेका यादव सोही योजना अनुसार अहिले कांग्रेस माओवादीको गठवन्धनमा सहभागी छन् । उपराष्ट्रपतिमा आफनो पार्टीबाट उम्मेदवार बनाउने, जित सहज भएको क्षेत्रका सांसदलाई राजिनामा गराएर आफु उपचुनाव लड्ने र सहजै संसदमा प्रवेश गर्ने उनको योजना छ।

तर, उनको यो योजनामा मधेश केन्द्रित तीन दलनै अवरोध भएका छन्। गठवन्धनमा भएको पुर्व सहमति अनुसार उपराष्ट्रपति जसपाले पाउने पक्का जस्तै थियो। तर, लोसपा, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका नेता जसपाका उम्मेदवारलाई रोक्ने रणनीतिमा लागेका छन्।

उपेन्द्रलाई रोक्नकै लागि जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले आफ्नो उम्मेदवार घोषणा पनि गरेका छन् । उसो त जसपाले पनि रामसहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार घोषणा गरेको छ। तर, गठवन्धनमा सहमति वनेको छैन।

केही दिनअघिसम्म सहमत देखिएका यी दल मूख्यतः २ वटा कारण अहिले विच्किएको वताईन्छ। संसदमा उपेन्द्र यादवलाई रोक्ने र महन्थ ठाकुरलाई उपराष्ट्रपति बनाउने योजनामा यी दलहरु देखिएका छन् । 

खासगरी सीके राउत यो रणनीतिमा छन् । सोहीकारण जसपाले यादवलाई उम्मेदवार बनाउने निर्णय गरेको भोलिपल्ट जनमत पार्टीले ममता झालाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। यी तिन दलले असहमति जनाएपछि नेपाली कांग्रेस पनि उपराष्ट्रपतिको सहमति नभएको जनाउन थालेको छ। 

उपेन्द्र यादव उपराष्ट्रपति सीके राउत जसपा

विशेष