क्यानडाको ओटावा फाल्कोन क्लमा आवद्ध सोमपाल कामीले घरेलु लिग खेल्ने

क्यानडाको ओटावा फाल्कोन क्लमा आवद्ध भएका नेपाली क्रिकेटर सोमपाल कामीले आगामी जुनमा हुने क्यानडाको घरेलु क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्।
तीव्र गतिका बलर कामीले फ्लावर सिटी टी–ट्वान्टी लिग २०२३ खेल्ने भएका हुन्। उनी ओटावा फाल्कोन क्लमा आवद्ध भएका छन् ।
ग्लोबल टी–२० लिगको खेलाडी छनोटको ११औँ चरणका कामी परेका थिए। उनले आफ्नो भाउ तीन हजार डलर राखेका थिए।
लिगमा प्रत्येक टोलीले पाँचजना एशोसियट देशका खेलाडी राख्नै पर्ने नियम छ। लामिछाने ६० हजार डलरमा एशोसियट खेलाडीहरूमध्ये छानिने पहिलो खेलाडी थिए।
कामीको विनिपेग हक्समा वेष्ट इन्डिजका ड्वाने ब्राभो, दक्षिण अफ्रिकाका जेपी डुमिनी र अष्ट्रेलियाका क्रिस लिन जस्ता स्टार खेलाडीहरु रहेका छन्।
सन् २०१४ मा नेपाली क्रिकेटमा भविष्य खोज्दै कीर्तिपुर क्रिकेट मैदानमा पुग्दा कामी राम्ररी नेपाली भाषा बोल्न सक्ने पनि थिएनन्।। तीब्र गतिमा बल फाल्न सक्ने उनको गजबको क्षमता भने थियो।
गुल्मी घर भएका कामीका बुबा कामको सिलसिलामा भारतको पञ्जाबमा गएपछि कामीले त्यतै क्रिकेट सिकेका थिए। नेपालका तत्कालिन प्रशिक्षक पुबुदु दशानायकेले उनको प्रतिभा मन पराए र विश्वकप छनोटमा टोलीमा समावेश गरे।
त्यसपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन। सन् २०१४ मा मलेसियाविरुद्धको खेलमा उनले पाँच विकेट हात पारेका थिए। बलिङ सँगसँगै ब्याटिङ पनि राम्रो गर्नु उनको खुबी हो।
हङकङविरुद्ध खेलेको टी २० अन्तर्राष्टिय खेलमा १०औं नम्बरमा ब्याटिङ गर्दै उनले ३१ बलमा ४० रन बनाएका थिए।
सोमपाल कामी