News

चीनले तिंकर नाका एकतर्फी बन्द गरेपछि व्यास गाउँपालिकावासी मर्मामा

चीनले तिंकर नाका एकतर्फी बन्द गरेपछि व्यास गाउँपालिकावासी मर्मामा

कोरोना संक्रमण सुरु भएसँगै सन् २०२० देखि बन्द रहेको दार्चुलासँग सीमा जोडिएको तिंकर नाका खोल्न ब्यास गाउँपालिकावासीले माग गरेका छन् । नाका वन्द हुँदा चीनसँग हुँदै आएको परम्परागत व्यापार रोकिएको भन्दै उनीहरुले यस्तो माग गरेका हुन।

चीनको ताक्लाकोटमा व्यापार सञ्चालन गर्दै आएका व्यवसायीहरुले तीन वर्षदेखि यो क्षेत्रमा व्यापार गर्न पाएका छैनन् । झन्डै तीन दर्जनभन्दा बढी व्यापारी मर्कामा परेको भन्दै व्यास गाउँपालिकाले दार्चुलाका सिडिओ दीर्घराज उपाध्यायमार्फत नाका खुलाउन सरकारसँग माग गरेको हो ।

गाउँपालिका अध्यक्ष मंगलसिंह धामीले चीनसँग परम्परागत व्यापार गर्दै आएका छाङरु र तिंकरका स्थानीय नाका नखुल्दा समस्यामा परेको बताए । 

चीनसँग जोडिएका नेपालको हिल्सा, रसुवागढीलगायतका नाका खुले पनि तिंकर नाका खुलेको छैन । यहाँका नागरिकको जीविकोपार्जनसँग जोडिएको मुख्य नाका बन्द हुँदा समस्या भएको व्याँस गाउँपालिकाका जनप्रतिनिधिहरु वताउँछन् ।

चीनबाट सामान आयात गर्न नसकेकै कारण अहिले काठमाडौंबाट सामान ल्याउनु परेको उनिहरुको भनाई छ। 

विशेष