News

माओवादी धारमा पनि फुटः तीन दलले बहिष्कार गरे संयुक्त कार्यक्रम

माओवादी धारमा पनि फुटः तीन दलले बहिष्कार गरे संयुक्त कार्यक्रम

द्वन्द्वकालीन मुद्दालाई लिएर नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेपछि एक हुँदै गएका माओवादी धारका पार्टीहरुमा फुट देखिएको छ।

खासगरी १० वर्षे जनयुद्धमा सहभागी तत्कालीन माओवादी धारका नेताहरु प्रधानमन्त्री समेत रहेका दाहालको नेतृत्वमा एक हुँदै गएका थिए। दाहालले आफूविरुद्ध द्वन्द्वकालीन मुद्दा सर्वोच्चमा लगिएपछि माओवादी धारका पार्टीहरुलाई यसअघि नै बालुवाटारमा जुटाइसकेका थिए।

दुई पटकसम्म माओवादी धारका नेताहरु बालुवाटारमा बसिसकेपछि आइतवार एक संयुक्त वक्तव्य निकाल्न पत्रकार सम्मेलन गर्ने कार्यक्रम थियो। तर माओवादी धारका आठ दलमा चाँडै विभाजन देखिएको छ। यसअघि भएको सहमतिविपरीतको वक्तव्य निकाल्ने तयारी भएपछि माओवादी धारमा तीन दल आइतवारको पत्रकार सम्मेलनमै गएनन्। 

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले आइतवारको संयुक्त पत्रकार सम्मेलन बहिष्कार गरे। वैद्यले यसअघि बसेको बैठकमा पनि आफू नगएर अन्य नेतालाई पठाउने गरेका थिए। तर आइतवार वैद्यले अरु नेतालाई पनि पठाएनन्। 

त्यसैगरी नेपका बहुमतले पनि यो कार्यक्रम बहिष्कार गरेको छ। यसअघिका कार्यक्रमा सहभागी भइरहेका बहुमतका अध्यक्ष धर्मेन्द्र बाँस्तोला पनि आइतवारको संयुक्त पत्रकार सम्मेलनमा गएनन्।

त्यसैगरी तत्कालीन माओवादी केन्द्रबाट छुट्टिएर नेकपा माओवादी गठन गरेका गोपाल किराती पनि आइतवारको पत्रकार सम्मेलनमा सहभागी भएनन्। उनले अन्य प्रतिनिधि पनि कार्यक्रममा पठाएनन्। 
 

माओवादी धार

विशेष