News खेल

यूएईलाई धरासायी बनाउन ललित राजवंशीले चलाएको त्यो जादु

यूएईलाई धरासायी बनाउन ललित राजवंशीले चलाएको त्यो जादु

आइसीसी विश्वकप लिग २ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत आइतवार भएको खेलमा नेपालले यूएईलाई १७७ रनको फराकिलो अन्तरले पराजित गर्यो। जसका लागि नेपालका खेलाडि ललित राजवंशी एक्लैले ५ विकेट लिएका छन्।

यूएईलाई अहिलेसम्मकै फराकिलो हार चखाउने क्रममा ललित एक्लैले ५ विकेट झारे। उनको यही जादुले नेपालले आगामी ४ वर्षका लागि एक दिवसीय मान्यता पक्का गरेको छ। ललितले पहिलो ओभरमै भी अरबिन्दलाई पेवेलियन फर्काए। त्यसपछि पाँचौँ ओभरमा मुहम्मद वासिम ललितको शिकार भए।

त्यसपछि २३ औँ ओभरमा आयन अफजल खानलाई उनैले क्रिजबाट हटाए। २३ औँ ओभरमै ललितले जाहोर खानललाई पनि पेविलियन फर्काए। उनले यूएईलाई लज्जास्पद हार चखाएपछि मैदानमै बलसहित सेलिब्रेसन गरे। उनलाई सन्दीप लामिछानेसहितले सेलिब्रेसनमा साथ दिए। 
 

ललित राजवंशी

विशेष