News

उपराष्ट्रपति निर्वाचनमा तितरवितर भयो गठवन्धन, चारजनाकै उमेदवारी कायम

उपराष्ट्रपति निर्वाचनमा तितरवितर भयो गठवन्धन, चारजनाकै उमेदवारी कायम

उपराष्ट्रपति पदका लागि उमेदवारी दिएका चारजनाकै उमेदवारी कायम भएको छ । 

उपराष्ट्रपतिमा जसपाबाट नेतृ प्रमिला यादव र नेता राम सहायप्रसाद यादव, नेकपा (एमाले)बाट अष्टलक्ष्मी शाक्य तथा जनमत पार्टीबाट ममता झाको उमेदवारी दर्ता छ। उमेदवारी फिर्ताको समयमा उनीहरु कसैको पनि उम्मेदवारी फिर्ता भएन।

राष्ट्रपति चुनावमा एकमत देखिएको आठदलीय गठबन्धन उपराष्ट्रपति चुनावमा भने एक भएन । निर्वाचन आयोगको निर्णय र प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्तिले गठबन्धन सशंकित देखिएको छ । 

राष्ट्रपति निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल खस आर्य समावेशी समूहका उमेदवार निर्वाचित भएकाले उपराष्ट्रपतिमा त्योभन्दा फरक लिङ्ग वा समुदायको व्यक्ति हुनुपर्ने निर्वाचन आयोगले जनाएको छ । 

उपराष्ट्रपतिको निर्वाचन सङ्घीय संसद्  र प्रदेशसभाका सदस्य मतदाता रहेको निर्वाचकमण्डलबाट हुनेछ । उपराष्ट्रपति निर्वाचनमा मतदाताको संख्या सङ्घीय संसद्तर्फ ३३२ र प्रदेशसभा सदस्य ५५० गरी कूल ८८२  कायम छ । सङ्घीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ । 
 

उपराष्ट्रपति

विशेष