News अर्थ

चीनियाँ गैरकानुनी गतिविधिले नेपालमा भारु सस्तियो, लिनै मान्दैनन् ब्यापारी

चीनियाँ गैरकानुनी गतिविधिले नेपालमा भारु सस्तियो, लिनै मान्दैनन् ब्यापारी

नेपालमा चीनियाँ नागरिकको गैरकानुनी कारोवारका कारण भारु पैसा कमजोर हुन थालेको छ। 

भारतीय बजारमा वर्षौंदेखि नेपाली मुद्राको अवमूल्यन हुँदै आएकोमा अहिले नेपाली बजारमा भारतीय मुद्राको अवमूल्यन बढ्दै गएको छ भने भारतीय वजारमा नेपाली रुपैयाँको माग वढेको छ।

केही समय अघिसम्म सीमावर्ती बजारमा किनमेल र उपचारका लागि भारु साट्न कुनै समस्या थिएन। नेपालतर्फ पनि भारु देख्नेबित्तिकै सङ्कलन गरेर राख्ने चलन थियो। नेरुबाट भारु सटहीका लागि कमिसन पनि दिनुपथ्र्यो। तर अहिले ठीक उल्टो छ। बजारमा मात्रै होइन, गाउँमा पनि भारु नचल्ने अवस्था आएको ब्यापारी÷ब्यवसायी बताउँछन्।

पहिले भारतबाट सामान आउँथे र ती सामान किन्न भारुकै खोजी गरिन्थ्यो। तर, अहिले ब्यापारीहरुले भारु लिनै छोडेका छन्। भारतमा रोजगारी गरेर घर फर्कनेका लागि पनि अहिले भारुबाट नेरु सटही चिन्ताको विषय हुन थालेको छ।

पहिले भारु पाउँदा कमिसन दिन तम्सिने व्यापारी नै अहिले नेरु साट्दा कमिसन माग्छन्। एक हजार भारुबराबर एक हजार रुपियाँमा साट्नुपर्ने अवस्था आएको एक व्यापारीले बताए।

करिब दुई महिना पहिलेदेखि भारु कमजोर हुँदा स्थानीय सेवाग्राही र व्यवसायी पनि मारमा परेका छन्। हाल आएर भारुको चलनचल्तीमै समस्या देखिन थालेको वताईन्छ। भारततर्फको कारोबार कम हुँदै गएको र भारु भित्रिनेक्रम यथावत् रहेकाले अहिले भारु कमजोर देखिएको उनले बताए ।

विगतमा किनमेलदेखि उपचारका लागि भारुको माग धेरै थियो। अहिले त्यो छैन। भारु भित्रिनेक्रम यथावत् छ तर खर्च भइरहेको छैन। भारतबाट घुमफिर, किनमेल र उपचारका लागि आउनेले बोक्न सहज हुने भएकाले ठूला नोट लिएर आउँछन्। भारतबाट रोजगारी गरेर फर्कनेले पनि ठूलो मात्रामा पाँच सय दरका प्रतिबन्धित नोट ल्याएर फर्किन्छन्।

भारु कमजोर हुँदा सीमावर्ती क्षेत्रको व्यापार व्यवसायसमेत प्रभावित भएको छ। भारतमा रोजगारी गर्दै आएका अधिकांशले भारतीय ठूला नोट बोकेर फर्कंदा नेपालमा चलाउनै समस्या भएको बताएका छन्।

भारु पैसा कमजोर हुने धेरै कारण मध्ये एउटा कारण भनेको नेपालमा चीनियाँ नागरिकको गैरकानुनी कारोवार पनि भएको वित्तिय क्षेत्रमा काम गर्नेहरु वताउँछन्। चीनियाँ नागरिकले नेपालबाट विभिन्न वस्तुहरु भारत तस्करी गर्ने गरेका छन्। जसमा सुन र लागु औषध धेरै छ। 

चीनियाँ नागरिकको तस्करीकै कारण अहिले भारतमा नेपाली पैसाको माग वढेको छ। नेपालबाट सुन तस्करी हुने भएपछि भारतीय ब्यापारीले नेपाली रुपैयाँ स्टक गर्न थालेकाले नेरुको माग वढेको जानकारहरु बताउँछन्। 

नेपाल रास्ट्र बैंकले १६० नेपाली रुपैयाँमा १ सय भारु किन्न सकिने ब्यवस्था गरेको छ। तर, बजारमा भारु प्रिमियममा किन्नु पर्ने अवस्था थियो। चलनचल्ती (वजार) मा १६५ नेपाली रुपैयाँ तिरेरपछि मात्रै १ सय भारु रुपैयाँ पाईन्थ्यो। तर, अहिले भारु डिस्काउन्ट मा पाउन थालेको छ। बजारमा नेपाली १५०÷१५५ नेपाली रुपैयाँ तिरेपछि भारु १ सय किन्न पाउने गरेको वताईन्छ।

सुन किन्न भारतीयले नेरुमा कारोबार गर्न थालेको र स्टकमा नेपाली रुपैयाँ राख्न थालेपछि तरलता अभाव भएको जानकारहरुको भनाई छ।

यसैगरी अनौपचारिक रुपमा भित्रने डलर चीनियाँले कब्जा गरेर चीन तर्फ तस्करी गर्न थालेकाले पनि अहिले तरलता अभाव देखिएको वताईन्छ।

यो पनि,

तरलता चीनियाँ नागरिक सुन तस्करी नेपाल रास्ट्र बैंक भारु

विशेष