News खेल

आइसिसी विश्वकप लिग २ : चौथो स्थानका लागि आज नेपालले युएईसँग भिड्दै

आइसिसी विश्वकप लिग २ : चौथो स्थानका लागि आज नेपालले युएईसँग भिड्दै

आइसिसी विश्वकप लिग–२ को अन्तिम त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत आज नेपाल र युनाइटेड अरव इमिरेट्स (युएई) को प्रतिस्पर्धा हुनेछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान साढे ९ बजेबाट खेल सुरू हुनेछ। खेलमा नेपाल युएईलाई हराउँदै तालिकाको चौथो स्थानमा उक्लिन चाहन्छ। सात देश सहभागी विश्वकप लिग टु क्रिकेटमा नेपाल अहिले ३३ खेलबाट ३४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ।

यो सँगै नेपालले आगमी चार वर्षको लागि ओडिआई मान्यता पक्का गर्नेछ। समान खेलबाट ३१ अंक जोडेको युएई छैटौ स्थानमा छ भने ११ अंक जोडेको पीएनजी सातौं स्थानमा रहेको छ।

पहिलो खेलमा पिएनजीसँग पराजित भएको युएईलाई शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता जोगाउन बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ। लिगका पछिल्ला ९ मध्ये ८ खेलमा नेपालले जित हात पारेको छ। घरेलु मैदानमा भएका पछिल्ला पाँच खेलमा नेपाल अपराजित छ। 

नेपाललाई सोझै विश्वकप छनोट खेल्न बाँकी तीनै खेल जित्नुपर्ने हुन्छ। युएई भने शीर्ष तीनको दौडबाट बाहिरिसकेको छ। विश्वकप लिग टु क्रिकेटमा आफ्ना सबै खेल सकाएको स्कटल्याण्ड ५० अंकसहित च्याम्पियन बन्दा ४४ अंकसहित ओमान दोस्रो, ३९ अंक जोडेको नामिबिया तेस्रो स्थानमा छन्। यस्तै ३५ अंक जोडेको अमेरिकाले पनि आफ्ना सबै खेल सकाएको छ।

नेपाल, युएई र पीएनजीबीचको काठमाडौंमा जारी अन्तिम सिरिज पछि चार वर्ष लामो विश्वकप लिग टु क्रिकेट सकिनेछ। यो प्रतियोगिताको शीर्ष तीनमा पर्ने टोलीले जिम्बाबेमा हुने विश्वकप छनोटमा सोझै पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नुपर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ। 
 

विशेष