News

गठवन्धन भित्र उपगठवन्धनः रोचक हुँदै उपराष्ट्रपति निर्वाचन

गठवन्धन भित्र उपगठवन्धनः रोचक हुँदै उपराष्ट्रपति निर्वाचन

राष्ट्रपति निर्वाचनका लागि वनेको तत्कालिन ७ दलिय गठवन्धनमा उपराष्ट्रपति निर्वाचनसम्म आईपुग्दा खटपट देखिएको छ। उपराष्ट्रपति उम्मेदवार छनौटका क्रममा आम नागरिक पार्टीसहित विभिन्न दल मिलेर वनेको १० दलिय गठवन्धनमा असन्तुष्टिका संकेतहरु देखिन थालेका छन्।
 
१० पुसमा प्रधानमन्त्रीका लागि बनेको सातदलीय गठबन्धन, १३ फागुनमा राष्ट्रपतिका लागि भत्किएर नयाँ गठबन्धन बन्यो । जसमा १० दल सहभागी भएर २५ पुसमा भएको राष्ट्रपति चुनावमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई निर्वाचित गराए । तर, शनिबार उपराष्ट्रपतिको उम्मेदवारी दर्ता गर्दासम्म आइपुग्दा भत्किएको छ ।

गठबन्धन नभत्किएको नेताहरूले दाबी गरे पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताका लागि सहमति भएको छ । यी तीन दलले जनमतकी उपराष्ट्रपति उम्मेदवार ममता झालाई सहयोग गर्ने सहमति गरेका छन् । गठबन्धनमा उपराष्ट्रपति जसपालाई दिने सहमति भएको थियो । १० दलीय गठबन्धनभित्रै तीन दलको उपगठबन्धन बनेपछि शनिबार उपराष्ट्रपतिमा चार उम्मेदवार बनेका छन् ।

राष्ट्रपति चुनावले तत्कालीन सातदलीय गठबन्धनबाट एमालेलाई एक्ल्याएको थियो । र १० पुसमा बनेको एमाले, माओवादीसहितको गठबन्धन भत्किएको थियो । जसका कारण राष्ट्रपतिमा एमाले उम्मेदवार सुवास नेम्वाङले एमालेको मात्र मत पाए र पराजित भए । 

अहिले उपराष्ट्रपति चुनावमा १० दलीय गठबन्धन भत्किए अर्को गठबन्धन बनेपछि उपराष्ट्रपति चुनाव त्रिपक्षीय हुने अवस्था बनेको छ । र चुनाव परिणाम अहिल्यै अनुमान गर्न नसकिने गरी रोचक मोडमा पुगेको छ । 

यसरी उपगठबन्धन बनेपछि लोसपामा असन्तुष्टि देखिएको छ । नेताहरूले गठबन्धनभित्र उपगठबन्धन बनाउनु नैतिकताले नमिल्ने बताएका छन् । लोसपाका नेता सुरेन्द्र झाले तीन दलको कार्यगत एकता गर्ने सहमतिप्रति व्यंग्य गरेका छन् । राजनीतिक पण्डितजीहरूले अमूर्त कुराका लागि कार्यगत एकता गर्न भ्याएको भन्दै उनले आलोचना गरेका छन्। झा कुनैबेला लोसपा अध्यक्ष महन्थ ठाकुरका विश्वास पात्र मानिन्थे । 

गठवन्धन उपराष्ट्रपति उपगठवन्धन

विशेष