मेस्सीको पासमा एमबाप्पेको गोल, पीएसजीको संघर्षपूर्ण जित

गए राति भएको फ्रेन्च लिग वानमा जित पिएसजीले जित हात पारेको छ। खेलमा पीएसजीले घरेलु टोली ब्रेस्टलाई २–१ ले हराएको हो।
केलियन एमबाप्पेले इन्जुरी टाइममा गोल गरेपछि लिग लिडर पीएसजीले जित हात पारेको हो। पीएसजीले खेलको ३७ औं मिनेटमा कार्लोस सोलेरको गोलमार्फत खाता खोलेको थियो। तर यसको ६ मिनेट पछि नै होनोरटले ब्रेस्टको लागि बराबरी गोल फर्काए।
यसपछि खेल बराबरीमा सकिनै लाग्दा इन्जुरी टाइममा मेस्सीको पासमा गोल गर्दै एमबाप्पेले पीएसजीको जित पक्का गरे।
यो जितसँगै लिगको शीर्षस्थानमा रहेको पीएसजीले २७ खेलबाट ६६ अंक जोड्दै दोस्रो स्थानमा रहेको मार्सेसँग ११ अंकको अग्रता बनाएको छ।