News

ट्राफिक जाम हुने भएपछि सहिदपार्क पुगेका राष्ट्रपति सहिदगेट गएनन्

ट्राफिक जाम हुने भएपछि सहिदपार्क पुगेका राष्ट्रपति सहिदगेट गएनन्

ट्राफिक जाम हुने भएपछि राष्ट्रपति रामचन्द्र पौडेलको शहिद गेट जाने कार्यक्रम रद्द गरिएको छ। उनी लैनचौरस्थित सहिद पार्क भने पुगेका छन्।

राष्ट्रपति पौडेल पद तथा गोपनीयताको शपथ ग्रहण गरेपछि सहिदपार्क पुगेका हुन्। सहिदगेट जाने कार्यक्रम भने सडक जाम हुने भएपछि अन्तिम समयमा स्थगित गरिएको जनाईएको छ।

उनका सहयोगीले सडक यातायात प्रभावित हुने देखिएपछि सहिदगेट जाने कार्यक्रम स्थगित गरिएको बताए। फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित पौडेलले सोमबार दिउँसो पद तथा गोपनीयताको शपथ लिएका थिए।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहबीच राष्ट्रपति पौडेलले कायम मुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीबाट शपथ लिएका हुन्।
 

विशेष