News

७५ वर्षीय वृद्धसँग प्रेमको नाटक गरी लाखौको जग्गा हडप्ने महिला अदालतबाट छुटिन

७५ वर्षीय वृद्धसँग प्रेमको नाटक गरी लाखौको जग्गा हडप्ने महिला अदालतबाट छुटिन

७५ वर्षीय वृद्धलाई प्रेमको जालमा पारेर जग्गाजमिन हत्याएर सम्पर्क विहिन भएकी कमला थापालाई अदालत एक लाख धरौटीमा रिहा गरेको छ। कमलाले दाङको लमही नगरपालिका–९ का जानकीलाल बस्नेतसँग बिहे गर्ने वाचा गरेर लाखौको जग्गा तथा धनसम्पत्ति हत्याकी थिईन।

तुलसीपुरकी कमला थापालाई दाङ जिल्ला अदालतले थुनछेक बहस गरी एक लाख धरौटीमा छोड्न आदेश दिएको छ। उनी धरौटी रकम बुझाएर तारेखमा छुटेकी छन्। न्यायाधीश रामप्रसाद बत्यासको इजालसबाट फागुन २७ गते उक्त  आदेश भएको अदालतका सूचना अधिकारी राजेन्द्र शर्माले बताए। 

तुलसीपुर उपमहानगरपालिका–६ बरुवाकी  ३ वर्षीया कमलाले कात्तिक २८ गते (साबिक फूलबासी गाविस वडा नं. ५) हालको अमेलिया नगरपालिका– ९ स्थित बस्नेतको नाममा रहेको  कित्ता नं. १९ को १ बिगाहा ८ कठ्ठा १५ धुर जग्गामध्ये १२ कठ्ठा १५ धुर जग्गा आफ्नो नाममा पास गराएकी थिइन्। 

पीडित बस्नेतले कमलाले आफूसँग विवाह गर्छु भनेर जग्गा आफ्नो नामसारी गरेपछि सम्पर्कविहीन बनेको भन्दै ठगी मुद्दा दर्ता गरेका थिए। ६ महिना लामो सम्बन्धका कारण आफू विश्वासमा परेर एक लाख बढी रकम, एउटा सुनको औंठी र लाखौं मूल्य पर्ने जग्गा कमलालाई पास गरिदिएको भए पनि उनले धोका दिएको वस्नेतले वताएका छन्।

बस्नेतले माघ २५ गते कमलाविरूद्ध जिल्ला प्रहरी कार्यालय घोराहीमा पुगेर जालसाजी र ठगी मुद्दा दिएका थिए। सोही जाहेरीका आधारमा उनी पक्राउ परेकी थिइन्।

यो पनि,

७५ वर्षीय जानकीलाल जव ३८ वर्षकी महिलाको प्रेममा परे...

परस्त्री जानकीलाल बस्नेत

विशेष