News

प्रधानमन्त्री ताकेकी आरजुलाई परराष्ट्रमन्त्री बनाएर कांग्रेस सरकारमा

प्रधानमन्त्री ताकेकी आरजुलाई परराष्ट्रमन्त्री बनाएर कांग्रेस सरकारमा

प्रधानमन्त्री पुष्पकमल दाहालले यसअघि नेकपा एमालेले सम्हालेका मन्त्रालय नेपाली कांग्रेसलाई दिएर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्। दाहाल सरकारमा एमालेले आठवटा मन्त्रालय पाएको थियो।

कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य प्रकाशमान सिंहमध्ये एक जनाको नेतृत्वमा सरकारमा जाने तयारी गरेको छ। सभापति देउवानिकट नेताहरु उपसभापति खड्काले चाहना राखेको अवस्थामा उनले नै सरकारमा पार्टीको नेतृत्व गर्ने बताउँछन्। 

विमलेन्द्र निधिले पनि पार्टीका तर्फबाट सरकारको नेतृत्व लिन खोजिरहेका छन्। पार्टीको नेतृत्व गरेर जाने अवस्था नदेखिए पूर्वउपसभापतिसमेत रहेका निधि मन्त्री भने नबन्ने उनी निकट नेताको भनाइ छ। 

अर्कोतर्फ कांग्रेस सरकारमा जाँदा केन्द्रीय सदस्य डा. शेखर कोइरालाको नेतृत्वमा जानु पर्ने इतर समूहका नेताहरुको चाहना देखिन्छ। उनीहरु सभापति देउवाले कोइरालालाई नेतृत्व दिएर सरकारमा पठाउनु पर्ने बताउँदै आएका छन्।   

तर, उनका स्वकीय सचिव दिनेश थपलियाले भने नेता कोइरालाको सरकारमा जानेबारे कुनै सोच नभएको प्रतिक्रिया दिए।

नेताहरुले औपचारिक रुपमा सरकारमा सहभागी हुने अनुहारका बारेमा छलफल सुरु नभएको बताए पनि कांग्रेसमा सम्भावित मन्त्रीहरुको चर्चा भने सुरु भइसकेको छ। परराष्ट्रमन्त्रीमा प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाको सम्भावना प्रबल रहेको स्रोतको दावी छ।

कञ्चनपुर–२ बाट निर्वाचित एनपी साउद, तेह्रथुमबाट निर्वाचित सीता गुरुङको पनि मन्त्री बन्ने सूचीमा नाम रहेको बताइएको छ। कांग्रेसबाट मन्त्री बन्नेमा प्रवक्ता डा. प्रकाशशरण महत र मोहनबहादुर बस्नेतको नाम पनि चर्चामा छ।

आरजु देउवा आरजु राणा

विशेष