News खेल

विश्वकप छनोटमा सिधै स्थान बनाउन प्रयासरत नेपाल आज पिएनजीसँग भिड्ने

विश्वकप छनोटमा सिधै स्थान बनाउन प्रयासरत नेपाल आज पिएनजीसँग भिड्ने

विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन प्रयासरत रहेको नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दैछ। नेपालले विश्वकप छनौमा सिधै स्थान वनाउन बाँकी रहेका दुई खेलमा शतप्रतिशत जितको नतिजा निकाल्नुपर्ने हुन्छ।

आईसीसी विश्वकप लिग टू अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा सोही लक्ष्यका साथ आज नेपाल मैदान उत्रन लागेको हो। पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपालले त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ९ बजे पीएनजी विरूद्ध दोस्रो खेल खेल्न लागेको हो।

पीएनजीलाई यहीँ सिरिज अन्तर्गतको पहिलो खेलमा हराएको नेपालले आजको खेलमा समेत सोही लयलाई निरन्तरता दिन चाहन्छ। नेपालले सिरिजको पहिलो खेलमा पीएनजीलाई ५२ रनले हराएको थियो। आफ्नो दोस्रो खेलमा आइतबार युनाइटेड अरब इमिरेट्स (यूएई) लाई १७७ रनलेको फराकिलो अन्तरले पन्छाउँदै चौथो स्थानमा उक्लिएको छ।

नेपाल त्रिवि क्रिकेट मैदानमा लिग–२ को पछिल्लो ६ खेलयता अपराजित छ । र, पीएनजीविरुद्ध मैदान उत्रिँदा नेपाल सोही लयलाई कायम राख्ने लक्ष्यमा हुनेछ । 

आइतबार युएईलाई पराजित गरेसँगै चार वर्षका लागि एकदिवसीय मान्यता सुनिश्चित गरेको नेपाललाई लिग–२ को शीर्ष तीनमा रहन शृंखलाका दुवै खेलमा जितको आवश्यकता छ। नेपालले विश्वकप लिग टूको अन्तिम खेल चैत २ मा यूएईसँग खेल्नेछ।

नेपाल, युएई र पिएनजीबीचको यो सिरिज आइसिसी विश्वकप लिग–२ को अन्तिम सिरिज हो। सात टिमबीचको लिग–२ को अन्तिम सिरिजबाट विश्वकप छनोट, एकदिवसीय मान्यता र विश्वकप क्वालिफायर प्लेअफमा पुग्ने टिमको टुंगो लाग्नेछ।

आज जित हात पारेसँगै अब बाँकी रहेका दुई खेलमा जित निकाले नेपालले लिग–२ को शीर्ष तीनमा स्थान बनाउँदै १० देशबीच प्रतिस्पर्धा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछ।

लिग–२ को शीर्ष तीन टिम विश्वकप छनोटमा पुग्नेछन्। पुछारका चार टिमले क्वालिफायर प्लेअफ खेल्नु पर्नेछ। यस्तै शीर्ष पाँच टिमको एकदिवसीय मान्यता जोगिनेछ।

लिग–२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ। स्कटल्यान्ड र ओमान विश्वकप छनोट पुगिसकेका छन्। तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ। नेपालको ३४ खेलबाट ३६ अंक पुगेको छ। बाँकी दुवै खेल जिते नेपालले नामिबियालाई पछि पार्नेछ।

नेपालको जितले अंक तालिकाको पाँचौ स्थानमा झरेको अमेरिकाको ३६ खेलबाट ३५ अंक छ। युएई ३४ खेलबाट ३१ अंक जोड्दै छैटौं स्थानमा छ। नेपालसँगको हारसँगै युएईको लिग–२ बाटै एकदिवसीय मान्यता जोगाउने अवसर सकिएको छ। अब बाँकी रहेका दुवै खेलमा जित निकाले पनि अमेरिकासँग हेड टु हेडमा पछि रहेको युएई छैटौं स्थाममै सीमित हुनेछ। 

लिग–२ को अंक तालिकाको पुछारमा रहेको पिएनजीको ३४ खेलबाट ११ अंक छ। लिग–२ बाट एकदिवसीय मान्यता जोगाउने असफल भएका युएई र पिएनजीका लागि विश्वकप क्वालिफायर प्लेअफबाट एकदिवसीय मान्यता जोगाउने अवसर भने हुनेछ। 

यो पनि,

विशेष