News

ओलीले गरेको त्यो एउटा गल्ति, जसले राष्ट्रपति निर्वाचनमा नेम्वाङलाई हरायो

ओलीले गरेको त्यो एउटा गल्ति, जसले राष्ट्रपति निर्वाचनमा नेम्वाङलाई हरायो

राष्ट्रपति निर्वाचनमा उक्लिएपछि नेकपा एमालेमा अहिले अध्यक्ष केपी शर्मा ओली विरुद्ध तिव्र असन्तुष्टि छ। खासमा संघीय निर्वाचन र एमाले नेतृत्वको गठवन्धनमा रहेका राप्रपा र रास्वपालाई पनि राष्ट्रपति निर्वाचनमा आफनो पक्षमा राख्न नसकेको भन्दै ओलीको आलोचना भईरहेको छ।

राष्ट्रपति निर्वाचनपछि एमाले संसदीय चुनावभन्दा अगाडिको अवस्थामा भन्दा पनि एक्लिन पुगेको विश्लेषण नेताहरुको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समेत एमालेलाई छाडेका छन् । 

गत चुनावमा मधेश प्रदेशका १७ सिटमा एमालेसँग तालमेल गरेर चुनाव लडेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले पनि एमालेलाई साथ दिएको छैन । रास्वपाका अध्यक्ष रवि लामिछानेलाई जोगाउन ओलीले अनेक उपाय गरे।

लामिछानेको नागरिकता प्रकरणमा ओलीले सर्वोच्च अदालतको आदेशविरुद्ध संसदमै पनि बोले। तर तिनै लामिछानेले राष्ट्रपति निर्वाचनमा एमालेलाई असहयोग गरे। माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाएकै बेला राष्ट्रपतिमा एमालेका सुवास नेम्वाङलाई राष्ट्रपति बनाउने भनेर लिखित सहमति नगर्नु नै हारको प्रमुख कारण भएको एमाले नेताहरू बताउँछन्।

तर, औपचारिक रूपमा बोल्न भने कोही पनि तयार छैैनन् । त्यसो त एमाले एक्लिएको भन्ने पनि धेरैले स्वीकार गर्दैनन् । यद्यपी, सभामुखमा पृथ्वी सुब्बा गुरूङ वा छविलाल विश्वकर्मालाई नदिएर  आफ्ना विश्वासपात्र देवराज घिमिरेलाई अघि सारेदेखिको असन्तोष एमालेभित्र गुम्सिएर बसेको कतिपयको वुझाई छ । 

राष्ट्रपति पनि जित्ने अवस्था भएको भए गुरु बराल वा डोरमणि पौडेललाई अघि सार्ने अवस्थामा ओली रहेकाले पनि निर्वाचनमा नेम्वाङको हारको कारण वनेको वताईन्छ। सोही रिसमा एमालेकै कतिपय सांसदले रामचन्द्र पौडेललाई भोट हालेको आशंका छ।

एक नेताका अनुसार वराल र पौडेलकै नाममा ओलीले दाहालसँग दुईदिनसम्म छलफल गरेर मनाउने कोसिस गरेपछि ओली– दाहाल सम्बन्ध झनै बिग्रिएको हो। ओलीमा स्पष्ट अडान नभएकै कारण अन्तिम अवस्थामा उम्मेदवार वनेका नेम्वाङ हार्नु परेको नेताहरु वताउँछन्।

केपी शर्मा ओली राष्ट्रपति सुवासचन्द्र नेम्वाङ

विशेष