एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो सय विकेट पुरा गर्ने कीर्तिमानी बन्दैछन् सन्दीप लामिछाने

विश्वकप लिग २ अन्तर्गत सोमबार पीएनजीविरुद्ध ५ विकेट लिएपछि सन्दीप लामिछाने आफ्नो एकदिवसीय विकेटको शतकबाट दुई विकेट मात्र टाढा छन् । उनले ४० खेलमा ९८ विकेट लिएका छन्।
अवका ३ खेलमा २ विकेट लिए एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक छिटो सय विकेट पुरा गर्ने विश्व कीर्तिमान नेपाली स्पिनर सन्दीप लामिछानेको नाममा जाने छ। यस अघि अफगानिस्तानका स्टार रसिद खानको नाममा सर्वाधिक छिटो विकेटको सतक पुरा गर्ने कीर्तिमान छ।
उनले ४४ खेलमा उक्त सफलता हात पारेका थिए। यसको मतलब सन्दीपले अबका बढीमा ३ खेलमा २ विकेट मात्र लिए रसिदको किर्तिमान तोडिनेछ । सन्दीपले आठपटक कम्तिमा ४ विकेट र तीनपटक कम्तिमा ५ विकेट लिएका छन्।
बालिका बलात्कार आरोपमा पुर्पक्षका लागि कारागार वसेका लामिछाने धरौटीमा छुटेपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन। उनले पछिल्लो एक महिनामा १० खेल खेल्दै २९ विकेट लिएका छन्। एक महिनाअघि विश्वकप लिगकै नेपालमा भएको शृंखलामा १३ विकेट लिएका सन्दीपले युएईमा सम्पन्न पछिल्लो शृंखलामा ५ विकेट हात पारेका थिए।
जारी शृंखलाको पहिलो खेलमा ४ विकेट लिएका सन्दीपले दोस्रो खेलमा आइतबार यूएईविरुद्ध २ विकेट लिए। जारी विश्वकप लिगमा मात्रै उनको विकेट संख्या ७१ पुगेको छ। उनले ३० खेलमा यो सफलता हात पारेका हुन्। अहिलेसम्म उनको नाम सर्वाधिक विकेट लिने बलरको सूचीमा दोस्रो स्थानमा छन्। पहिलो स्थानमा रहेका ओमानका बिलाल खानले ३५ खेलमा ७६ विकेट लिएका थिए।
हिजो यूएईविरुद्धको खेलमा १० ओभर बलिङ गर्न पाएको भए सन्दीपको विकेट संख्या थपिन सक्थ्यो । तर यूएई छिट्टै अलआउट भएपछि सन्दीपले ४ ओभरमात्रै बलिङ गर्न पाए । साथै, यसबीचमा केही म्याच उनले प्रहरी हिरासतमा रहेका कारण गुमाए ।
यो पनि,
सन्दीप लामिछाने