News खेल

पीएनजीविरुद्ध नेपालको रवाफिलो जित, बलिङ र ब्याटिङ दुवै अब्बल

पीएनजीविरुद्ध नेपालको रवाफिलो जित, बलिङ र ब्याटिङ दुवै अब्बल

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) विश्वकप लिग २ अन्तर्गत पुपुवा न्युगिनी (पीएनजी)विरुद्धको खेलमा नेपाल ९ विकेटले विजयी भएको छ। 

त्रिवि क्रिकेट मैदानमा पीएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले मात्र १ विकेटको क्षतिमा पुरा ग¥यो। नेपालका लागि ओपनर आशिफ शेखले ५३ रन बनाए। 

अर्का ओपनर कुशल भुर्तेलले ३३ रन बनाउँदा कुशल मल्ल १२ रनमा अविजीत रहे। नेपालले यसअघि लिग २ कै खेलमा अमेरिकालाई ८ विकेटले पराजित गरेको थियो। 

लिग २ को अन्तिम खेलमा नेपालले बिहिबार युएईलाई पराजित गरे सोझै विश्वकप छनोट खेल्नेछ। पीएनजीले दिएको ९६ रनको झिनो लक्ष्य नेपालले ७.४ ओभरमा १ विकेटको क्षति भेट्टायो। 

आशिफ शेख ५३ र कुशल मल्ल १२ रनमा नटआउट रहे। कुशलले आठौं ओभरको चौथो बलमा छक्का प्रहार गर्दै नेपाललाई किर्तिमानी जित दिलाएका हुन्। आशिफले २१ बलमा ८ चौका र ३ छक्का हाने। कुशलले १३ बलमा १ चौका र १ छक्का हान्दै नटआउट रहे। 

ओपनर कुशल भुर्तेल र आशिफ शेखले ५१ रनको साझेदारी गर्दै नेपाललाई आक्रामक सुरुवात गरेका थिए। कुशल भुर्तेल ३३ रन बनाउँदा एलबीडब्लु धरापमा परे। कुशलले १४ बलमा ४ चौका र २ छक्का प्रहार गरे। 

त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु टोलीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पिएनजी.३२ ओभरमा ९५ रन बनाउँदा अलआउट भयो। पीएनजीलाई कम स्कोरमा नेपालका सन्दीप लामिछाने एक्लैले ५ विकेट लिए। सन्दीपले आफ्नो स्पेलमा १ मेडन राख्दै २५ रन खर्चे। ललित राजवंशीले २ विकेट झारे। 

ललितले ७ ओभरमा १ मेडन राख्दै १३ रन दिए। कुशल मल्लले २ विकेट झारे। सोमपाल कामीको नाममा एक विकेट रह्यो। स्पिनर सन्दीप लामिछानेले सेसे बाउलाई १८ रनमा बोल्ड आउट गराए। हिरि हिरी १४ रन बनाउँदा सोमपाल कामीको बलमा करण केसीको हातबाट क्याच आउट भए। अर्का ओपनर किपलिन डोरिगा २ रनमा ललित राजवंशीको बलमा बोल्ड आउट भए। 

कप्तान असद भाला २० रन बनाउँदा सन्दीपको बलमा ललितको हातबाट क्याच आउट भए। चाल्र्स अमिनी १६ रनमा सन्दीपको बलमा ललितकै हातबाट क्याच आउट भए। रिले हेकुरे ४ रन बनाउँदा ललितको बलमा क्याच आउट भए। 

नोर्मान भनूवा शून्य रनमा कुशल मल्लको बलमा दिपेन्द्रसिंह ऐरिको हातबाट क्यच आउट भए। हिला भनुवा ७ रन बनाउँदा सन्दीपको बलमा बोल्ड आउट भए। कवुवा मोरिया १ रन बनाउँदा कुशल मल्लको बलमा भिम सार्कीबाट क्याच आउट भए। 
 

विशेष