News

विपक्षी सांसद चोर्न एमाले सांसदलाई ओलीको निर्देशन

विपक्षी सांसद चोर्न एमाले सांसदलाई ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षी दलका सांसदहरुलाई मिलाएर भएपनि उपराष्ट्रपतिको चुनाव जित्नुपर्ने वताएका छन्।

एमाले सांसद तथा प्रदेशसभा सदस्यहरुको अभिमुखीकरण कार्यक्रमलाई सम्वोधन गर्दै उनले यस्तो वताएका हुन। सामान्य हिसाबमा एमालेको शक्ति कमजोर रहेपनि उपराष्ट्रपतिमा जित्ने सम्भावना रहेको बताएका उनले गठवन्धन भित्र अनेक प्रकारका समस्या रहेको जिकिर गरे।

उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले जित्नैपर्ने बताएका ओलीले हरेक सांसद र प्रदेशसभा सदस्यले अर्काे एक/दुई जनालाई मिलाउनुपर्ने बताए ।

१० दलले संविधानमा भएको अपष्टतालाई देखाएर गलत व्याख्या गर्न खोजेको भन्दै उनले भने, ‘अहिलेको १० टाउके रावण पनि महिलाको हक अधिकार हनन गर्न लागेका छन् ।’ राष्ट्रपति र उपराष्ट्रपतिमध्ये पुरुष र महिलाको सन्तुलन मिलाउनुपर्नेमा उनको जोड थियो।

१० दलका नेताहरुको वुद्धिले काम नगरेपनि ती दलमा आवद्ध संघीय सांसद र प्रदेशसभा सदस्यहरुले यसलाई बुझ्नुपर्ने एमाले अध्यक्ष ओलीले बताए ।
 

विशेष