News

अर्धाङ्गिनीलाई नै थाहा छैन प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएको

अर्धाङ्गिनीलाई नै थाहा छैन प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएको

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल तेस्रो पटक प्रधानमन्त्री भएको पनि २ महिना नाघिसक्यो। नेकपा एमालेसँग गठवन्धन गरेर  १० पुसमा प्रधानमन्त्री बनेका दाहालले त्यो गठवन्धन छोडेर अर्को गठवन्धन वनाई सके। राष्ट्रपति निर्वाचन सकियो, उपराष्ट्रपति निर्वाचनको तयारी भईरहेको छ।

तर, प्रधानमन्त्री दाहालको यो ओहोर–दोहोर र उतारचढाव उनकै पत्नि सितालाई अहिलेसम्म जानकारीमा छैन। १९ मंसिरमा अचेत भएर ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचार गरेयता उनको चेत फर्केको छैन। दाहाल प्रधानमन्त्री बनेसँगै बालुवाटार सारिएकी सीताको निरन्तर औषधी उपचार हुँदै आएको छ। 

सीता लामो समयदेखी ओछ्यानमा अर्धचेत अवस्थामा पल्टिरहेकी छन्। प्रधानमन्त्री निवास बालुवाटारको एक कोठामा उनलाई राखिएको छ। एक जना नर्सले उनको हेरचाह गरिरहेकी छन्। बेलाबेला प्रधानमन्त्री दाहाल पत्नीको अवस्था बुझ्न कोठामा छिर्छन। पत्नीको नाजुक अवस्था देख्दा उनी विचलित हुन्छन्। 

दाहाललाई यो अवस्थामा ल्याई पुर्याउन सीताको ठुलो योगदान छ। तीन छोरी र एक सानो छोराको हेरचाह गर्नुपर्ने बेला दाहाल जनयुद्धमा लागेपछि उनी पनि युद्धमा मिसिएकी थिइन्।

सीताले दाहाललाई युद्धका आरोह–अवरोहहरुमा हरतरहले साथ दिएको र उनलाई बचाएको माओवादी नेताहरु बताउँछन्।

शान्ति प्रक्रियामार्फत् माओवादीले संसदीय राजनीति सुरु ग¥यो। पहिलो संविधान सभाको चुनाव (२०७४ चैत २८) मा माओवादीले ऐतिहासिक विजय प्राप्त ग¥यो। माओवादी सत्तामा पुग्यो। यो अवस्थासम्म सीताले दाहालको सल्लाहकारको रुपमा काम गरिन। तर, केही वर्षयता भने दाहालले सीताको सल्लाहको कुरै छाडौँ, बोली समेत सुन्न पाएका छैनन्।

१३ चैत ०७० मा जेठी छोरी ज्ञानुको ४० वर्षकै उमेरमा स्तन क्यान्सरका कारण मृत्यु भएपछि उनी विक्षिप्त भइन्। उनमा पार्किन्सन जस्तो रोगको लक्षण देखिन थाल्यो। त्यसको लगभग ४ वर्षपछि नै छोरा प्रकाशको पनि निधन भयो। 

३ मंसिर ०७४ मा लाजिम्पाटस्थित घरमा सुतिरहेका बेला उनको मृत्यु भयो। छोरोको मृत्युपछि सीता झन् विक्षिप्त भइन्। यो सवै घट्नाक्रमले सीतामा प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) रोग देखियो। यो रोगका कारण मानिसको शारीरिक र मानसिक अवस्था असन्तुलित हुन्छ। मानिस हिँड्न, बोल्न र निल्न सक्तैन। 

मस्तिष्कको कोसिकामा एक्कासि क्षति भएर सीतामा यो रोग देखिएको चिकित्सकहरुको भनाइ छ। उनलाई उपचार गराउन सिंगापुर, अमेरिकासहित बाबा रामदेव र म्याग्दीको तातोपानी कुण्ड समेत पुर्याईयो। तर, उनको स्वास्थ्यमा कुनै सुधार आएन। वरु अहिले उनको अवस्था झन झन विग्रदै गएको वताईन्छ।

अर्थचेत अवस्थामा रहेकी उनले पछिल्लो गतिविधिका विषयमा जानकारी नपाएको माओवादी नेताहरु वताउँछन्।

पुष्पकमल दाहाल सिता दाहाल

विशेष