News

दुर्गा प्रसाईंको आरोपः सरकारले संविधानप्रदत्त अधिकार हनन् गर्यो

दुर्गा प्रसाईंको आरोपः सरकारले संविधानप्रदत्त अधिकार हनन् गर्यो

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंले सरकारले संविधानप्रदत्त अधिकार हनन् गरेको आरोप लगाएका छन् । अभियानको ‘कालोमसो दस्ता’का संयोजक शम्भु थापा पक्राउ परेको विषयमा उनले यस्तो टिप्पणी गरेका हुन।

थापालाई पक्राउ गरेर सरकारले अराजकता देखाएको आरोप प्रसाईले लगाए । यद्यपी उनी रिहा भईसकेका छन् । उनले अन्य राजनीतिक दलका युवा संगठनहरू भएजस्तै आफूहरूको युवा संगठनको रुपमा कालोमोसो दस्ता बनाएको भएपनि दस्ताले हालसम्म कसैलाई कालोमसो नदलेको दावी गरे।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेका प्रसाईंले बैंक, वित्तीय संस्था, लघुवित्त, सहकारीको चर्को ब्याजकाविरुद्ध आफूहरूले आवाज उठाइरहेको र आन्दोलन गरिरहेको स्पष्ट पारे । उनले बैंक र लघुवित्तका कारण लाखौँ नेपाली सुकुम्वासी हुने अवस्था आएको भन्दै बैंक र लघुवित्तका विरुद्धमा गाउँ–गाउँबाट आन्दोलनमा उत्रिन आह्वान गरे ।

आफूले ऋण तिर्नु पर्दैन भनेर नभनेको भन्दै चर्को ब्याजदरमा ऋण तिर्न सक्नेहरूलाई तिर्न पनि आग्रह गरे । तिर्न नसक्नेहरूका लागि सरकारले ऋण मिनाहा गरिदिनुपर्ने उनको भनाई छ। लघुवित्त र सहकारीलाई राज्यले जिम्मा लिनुपर्ने पनि उनले बताए ।
 

दुर्गा प्रसाई

विशेष