News

मन्दिर र गुम्बा घुमेका राष्ट्रपति मस्जिद र चर्चमा किन गएनन् ?

मन्दिर र गुम्बा घुमेका राष्ट्रपति मस्जिद र चर्चमा किन गएनन् ?

राष्ट्रपतिमा निर्वाचित भए रामचन्द्र पौडेल पशुपतिनाथसहित धार्मिक स्थल घुमे। उनी बौद्ध धर्मावलम्बीहरूको धार्मिक स्थल स्वयम्भू पनि पुगे। 

ललितपुरको वाँडेगाउँमा रहेको कृष्णप्रसाद भट्टराई आश्रम र कीर्तिपुरमा रहेको पुष्पलाल पार्क पनि पुगेका पौडेल कीर्तिपुरको चम्पादेवीमा रहेको  पुष्पलाल पार्क पुग्दा पुष्पलाल स्मृति प्रतिष्ठान गए।

त्यहाँ उनलाई प्रतिष्ठानका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव नेपाल, एकीकृत समाजवादीका महासचिव वेदुराम भुसाल, काठमाडौँ क्षेत्र नम्बर १० का प्रतिनिधि सभा सदस्य राजन केसी लगायतले स्वागत गरेका थिए।

उनले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको सालिकमा माल्यार्पण गर्दै पार्क, प्रतिष्ठानको भवनको अवलोकन गरेका थिए।

भट्टराई आश्रम पुगेर उनले सालिकमा माल्यार्पण गर्दै आश्रमको अवलोकन समेत गरेका थिए। पौडेललाई आश्रम सञ्चालिका अमिता कपाली, नेपाली कांग्रेसका उपसभापति एवं पूर्व गृहमन्त्री पूर्णबहादुर खड्का, काँग्रेस नेता एवं भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्याय लगायतले स्वागत गरेका थिए।

हिन्दु र बौद्ध धर्मावलम्बीहरूको धार्मिक स्थल पुगेका उनी अन्य धार्मिक स्थलमा भने गएका छैनन्। पौडेल धार्मिक निरपेक्ष नेपालका राष्ट्राध्यक्ष हुन्। उनी अव मस्जिद र चर्चमा पुग्छन की पुग्दैनन् भन्ने आम चासो छ। 

राष्ट्रपति रामचन्द्र पौडेल

विशेष