रामपुर विश्वविद्यालयका डिनको अश्लिल हर्कतः जुम मिटिङमै महिला कर्मचारीको छातिमा चुम्वन...

जुम मिटिङ चलिरहँदा कार्यालयकी महिला कर्मचारीसँग अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि चितवनको रामपुर स्थित कृषि तथा वन विश्वविद्यालयको कृषि संकायका डीन जयप्रकाश दत्त विवादमा परेका छन्।
मंगलबार आफैले राखेको जुम मिटिङमा डीन कार्यालयको कार्यकक्षमै उनले महिला कर्मचारीलाई तानेर काखमा वसाउने तथा सम्वेदनशिल अंगामा चुम्वन गर्ने गरेको देखिन्छ। सोही संकायका सहप्राध्यापक सन्तोष मरहठ्ठाले आफ्नो प्रस्तुति दिइरहँदा दत्त भने आफनै सुरमा मस्त थिए।
सार्वजनिक दुईवटा भिडियोमध्ये एउटामा कर्मचारीलाई हातले तानेर काखमा राखेको देखिन्छ भने अर्को भिडियोमा उनको संवेदनशील अंगमा चुम्बन गरेको देखिन्छ । कृषि संकायका ६३ जनाभन्दा बढी सहभागी उक्त जुम बैठकमा डीन दत्त कृषि डीन लेखिएको नामले जोडिएका थिए । उनले संवेदनशील विषयमा भइरहेको प्रस्तुतिलाई वेवास्ता गरेर अमर्यादित गतिविधिमा भुलेको भिडियोमा प्रष्ट देखिन्छ ।
आफ्नै कार्यकक्षमा पदीय मर्यादा भुलेर कार्यालयकै कर्मचारी महिलालाई प्रलोभनमा पारी यौनजन्य क्रियाकलाप गरेको भनी विश्वविद्यालयका महिला कर्मचारीहरुले विरोध गरेका छन् । उनीहरुले आफूहरुसमेत असुरक्षित भएको भन्दै डीन दत्तलाई तत्काल बर्खास्त गर्न अनुरोध गरे पनि विश्वविद्यालय नेतृत्वले भने बेवास्ता गरिरहेको छ ।
व्यवसायिक सिकाइ अनुभव के कसरी गर्ने भनेर सिकाउने ओरियन्टेसन कार्यक्रममा डिनको यो हर्कतले सवै आश्चर्यमा परेका छन्। जुम मिटिङमा सहभागीहरुमध्ये डीन दत्तबाहेक अन्य ६५ जनाकै भिडिओ म्युट थियो । उनीहरुको भिडिओ देखिएको छैन ।
तर डीनको जुम भिडिओ अन थियो । तर, डीन दत्तले भने जुम मिटिङतर्फ ध्यान दिएको देखिँदैन । भिडिओ हेर्दा उनी जुम मिटिङ भइराखेको छ भन्नेमा अनविज्ञ देखिन्छन् वा आफैंले जुम मिटिङको भिडिओ अन गरेर बेवास्ता गरेका हुन् । उनले जबरजस्ती महिलालाई तानेर काखमा राख्छन् । महिला टाढिन खोजे पनि डीनले जबरजस्ती तानेर चुम्बन गरेको भिडिओमा देखिन्छ ।
रामपुर कृषि तथा वन विश्वविद्यालय कृषि संकाय डीन जयप्रकाश दत्त