News खेल

सर्वोच्चले प्रतिबन्ध फुकुवा गरेपछि सन्दीप लामिछाने आजै यूएई जाने

सर्वोच्चले प्रतिबन्ध फुकुवा गरेपछि सन्दीप लामिछाने आजै यूएई जाने

बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने अन्ततः यूएई जाने भएका छन् । सर्वोच्च अदालतले विदेश भ्रमण फुकुवा गरेका उनी आजै यूएई जाने भएका हुन् ।

विदेश यात्रामा प्रतिबन्धका कारण सन्दीप यूएईमा जारी क्रिकेटमा सहभागी हुन गएको नेपाली राष्ट्रिय टिमसँग जान पाएका थिएनन् । विश्वकप लिग २ अन्तरगत यूएईमा जारी त्रिकोणात्मक श्रृंखलामा नेपाल सहभागी छ । सर्वोच्चले आइतबार उनको प्रतिबन्ध फुकुवा गरेपछि यूएई जाने बाटो खुलेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले उनलाई नेपाली राष्ट्रिय टिममा थप गर्नका लागि यूएई पठाउन लागेको हो । क्यानका म्यानेजर विनोद दासले सन्दीपलाई आज यूएई पठाउन लागिएको जानकारी दिए ।

आईसीसीसँग कुराकानी भइरहेको र सन्दीपलाई यूएइ पठाउने चाहिँ निश्चित भएको उनले वताए । यूएईमा खेलिरहेको राष्ट्रिय टिमका एक–दुई खेलाडी चोटग्रस्त भएकाले एकजनालाई सन्दीपले प्रतिस्थापन गर्ने गरी पठाउन लागिएको उनको भनाइ छ । कसलाई प्रतिस्थापन गर्ने भन्ने चाहिँ टिम म्यानेजर र प्रशिक्षकले तय गर्ने उनले बताए ।

आईसीसीको प्रावधान अनुसार कुनै पनि श्रृंखलाको बीचमा खेलाडी घाइते भएमा उसलाई रिजर्भमा रहेको अर्को खेलाडीले प्रतिस्थापन गर्न सक्छ । सन्दीप अहिले रिजर्भ खेलाडीका रुपमा छन् । क्यानले आईसीसी घाइते एक खेलाडीको स्थानमा सन्दीपलाई राख्न पहल गरेको हो । आइसीसीले यसबारेमा निर्णय दिइसकेको छैन, तर क्यान विश्वस्त रहेको जनाईएको छ ।

भोलि नेपालको यूएईसँग दोस्रो महत्वपूर्ण म्याच छ । आज यूएई गए पनि सम्भवतः भोलिको म्याच छुटाउन सक्छन् । नेपालको १६ सदस्यीय स्क्वाडमा पहिल्यै रहेकाले सन्दीपलाई टिम ज्वाइन गर्न भने समस्या छैन । 
 

सन्दीप लामिछाने

विशेष