News खेल

सन्दीपले आज २ विकेट लिए बन्नेछ विश्व कीर्तिमान

सन्दीपले आज २ विकेट लिए बन्नेछ विश्व कीर्तिमान

नेपाली स्पिनर सन्दीप लामिछानेले आज युएई विरुद्ध २ विकेट लिए ‘एकदिवसीय क्रिकेटमा सर्वाधिक छिटो सय विकेट पुरा गर्ने’ कीर्तिमान बनाउँने छन्। 

सन् २०१८ मा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु गरेका सन्दीप लामिछानेले हालसम्म ४० खेलबाट ३९ इनिङ्स खेल्दै ९८ विकेट हात पारिसकेका छन् । यदि आज युएईविरूद्ध कम्तिमा २ विकेट लिएमा उनले सबैभन्दा कम खेल खेलेर १०० विकेट लिने कीर्तिमान बनाउनेछन् ।

पछिल्ला ३० एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा लगातार विकेट लिइरहेका सन्दीपले अन्तिम १० खेलमा मात्र २९ विकेट लिइसकेका छन् । उनले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ८ पटक कम्तीमा ४ विकेट र ३ पटक कम्तीमा ५ विकेट लिइका छन् ।

२२ खेलबाट ५० विकेट पूरा गरेका सन्दीपले थप १८ खेलबाट ४८ विकेट लिइसकेका छन् । यदि युएईविरूद्ध कुनै विकेट नलिए बाँकी ३ खेलमा उनले २ विकेट लिए पनि उक्त कीर्तिमान आफ्नो नाममा लेखाउनेछन् ।

अफगानिस्तानका स्टार रसिद खानको नाममा सर्वाधिक छिटो विकेटको सतक पुरा गर्ने कीर्तिमान छ। उनले ४४ खेलमा उक्त सफलता हात पारेका थिए। यसको मतलब सन्दीपले अबका बढीमा ३ खेलमा २ विकेट मात्र लिए रसिदको किर्तिमान तोडिनेछ ।

जारी विश्वकप लिगमा मात्रै उनको विकेट संख्या ७१ पुगेको छ। उनले ३० खेलमा यो सफलता हात पारेका हुन्। अहिलेसम्म उनको नाम सर्वाधिक विकेट लिने बलरको सूचीमा दोस्रो स्थानमा छ। पहिलो स्थानमा रहेका ओमानका बिलाल खानले ३५ खेलमा ७६ विकेट लिएका थिए।

बालिका बलात्कार आरोपमा पुर्पक्षका लागि कारागार वसेका लामिछाने धरौटीमा छुटेपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका हुन।
 

सन्दीप लामिछाने

विशेष