News खेल

विश्वकप छनोटमा पुग्न यूएईले नेपाललाई दियो अहिलेसम्मकै ठुलो लक्ष

विश्वकप छनोटमा पुग्न यूएईले नेपाललाई दियो अहिलेसम्मकै ठुलो लक्ष

आइसिसी विश्वकप क्रिकेट छनोटमा नेपालले विशाल लक्ष पाएको छ। लिग–२ अन्तर्गत अन्तिम त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले ३११ रतको कीर्तिमानी लक्ष्य पाएको छ। एकदिवसीय खेलमा नेपालविरूद्ध कुनै पनि टिमले बनाएको यो अहिलेसम्मकै ठूलो योगफल हो। 

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले ६ विकेटको क्षतिमा ३१० जोड्यो। यसअघि नेपालविरूद्ध पपुवा न्युगिनी (पिएनजी) ले ८ विकेटको क्षतिमा २९२ रन जोडेको थियो। गत वर्ष पिएनजीले कीर्तिपुर मैदानमै सो रन जोडेको थियो। २९३ रनको लक्ष्य पछ्याएर ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा २८६ रन जोड्दा ६ रनले पराजित भएको थियो। 

बिहीबार नेपालले युएईले दिएको ३११ रनको लक्ष्य पार गर्न सके कीर्तिमान बनाउनेछ। नेपालले यो लक्ष्य पार गरे एकदिवसीय खेलमा अहिलसम्मकै उच्च स्कोर बनाउनेछ। नेपालले अघिल्लो साता कीर्तिपुर मैदानमै पपुवा न्युगिनीविरूद्ध पहिले ब्याटिङ गर्दै २९७ रन बनाएको थियो। सो रन नै नेपालको एकदिवसीय खेलमा उच्च स्कोर हो।

यस्तै आज युएईलाई हराए अहिलेसम्मकै ठूलो लक्ष्य पार गर्नेछ। यस्तै नेपालले अहिलेसम्म पार गरेको ठूलो लक्ष्य नामिबियाले दिएको २८६ रनको हो। फागुन पहिलो साता नेपालले कीर्तिपुर मैदानमा यो लक्ष्य पार गरेको थियो। 

कीर्तिमानी लक्ष्य पार गर्न सके नेपाल लिग–२ को शीर्ष तीनमा पर्दै जिम्बावेमा हुने आइसिसी विश्वकप क्रिकेट छनोटमा पुग्नेछ। तर आजको खेलमा जित हात पार्न नसके नेपालले मार्चको अन्त्यमा नामिबियामा हुने विश्वकप छनोट प्लेअफ खेल्न पर्नेछ। ६ टिमबीच हुने प्लेअफमा शीर्ष दुईमा परे नेपाल जिम्बावेमा हुने विश्वकप छनोटमा पुग्नेछ। 

विशेष