News खेल

३११ रनको लक्ष्य दिएको युएईविरूद्ध नेपालको खराब सुरूवात, पहिलो २ ओभरमा दुई विकेट गयो

३११ रनको लक्ष्य दिएको युएईविरूद्ध नेपालको खराब सुरूवात, पहिलो २ ओभरमा दुई विकेट गयो

युएईले दिएको ३११ रनको बिशाल लक्ष्य पछ्याएको नेपालले पहिलो २ ओभरमा ६ रन बनाउँदा दुई विकेट गुमाएको छ।

पहिलो ओभरको तेस्रो बलमा ओपनर आशिफ शेख शुन्यमा आयन आफजाल खानको बलमा स्टम्पिङ आउट भए। यस्तै दोस्रो ओभरको तेस्रो बलमा कुशल मल्ल व्यक्तिगत ५ रनमा आउट भए। जुनाइद सिद्धिकिको बलमा उनी आर्यन लक्राबाट क्याच आउट भए।    

यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनायो। यो ओडिआईमा नेपालविरुद्ध कुनै पनि विपक्षी टोलीले दिएको हालसम्मकै उच्च योगफल हो। यसअघि २०२२ मा पपुवा न्युगिनीले नेपालविरुद्ध यही मैदानमा ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९२ रन बनाएको थियो।

त्यसपछि लिग–२ कै खेलमा गत फब्रुअरी १४ मा कीर्तिपुरमा नामिबियाले दिएको २८६ रनको लक्ष्य नेपालले पूरा गरेको थियो। युएईका आशिफ खानले कीर्तिमानी शतक प्रहार गरे। ४१ बलमा ११ छक्का र ४ चौकासहित शतक पूरा गरेका उनले ४२ बल खेलेर १०१ रनमा नटआउट रहे। 

त्यस्तै यूएईका लागि वृत्य अरविन्दले ९४ रन बनाए। १३८ बल खेलेका उनले २ छक्का र ८ चौका प्रहार गर्दै शतक पु¥याउन ६ रनले चुके। 

सोमपाल कामीको अन्तिम बलमा दीपेन्द्रसिंह ऐरीबाट क्याच हुनुअद्धि छैटौं विकेटका लागि वृत्य र आसिफले १ सय ३५ रनको विष्फोटक शतकीय साझेदारी गरेका थिए।

यसअघि कप्तान मोहम्मद वासिमले आक्रमक ब्याटिङ गर्दै अर्धसतक बनाएर आउट भए। ४९ बल खेलेका उनले सन्दीप लामिछानेको बलमा एलबिडब्लुको धरापमा पर्नुअघि २ चौका र ६ छक्कासहित ६३ रन बनाए।

पहिलो पावरप्लेमा १ विकेट गुमाएर ६१ रन बनाएको युएईले १६.५ ओभरमा १०० रन पूरा गरेको थियो। ३४ ओभरमा ४ विकेट गुमाएर १५० रन पूरा गरेको युएईले ४३ ओभरमा ५ विकेट गुमाएर २०० रन कटाएको थियो। अन्तिम ७ ओभरमा युएईले १ विकेट गुमाएर १०६ रन बनायो।

रोहन मुस्तफाले ३२ बलमा २० रन बनाएर आउट भए। दीपेन्द्र सिंह ऐरीको बलमा एलबिडब्लुको धरापमा पर्नुअघि उनले ३ चौका प्रहार गरे। पूर्व कप्तान सिपी रिजवान ७ रनमा आउट हुँदा ओपनर आर्यन लक्रा ६ तथा आयन अफजाल खान ३ रनमा आउट भए। 

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए। ललितनारायण राजबंशी, सोमपाल कामी र सन्दीप लामिछानेले १–१ विकेट हात पार्दा युएईले १ विकेट रन आउटका रूपमा गुमाएको थियो। 

विशेष