News

प्रधानमन्त्री प्रचण्डलाई बंकरसहितको २२ कोठे निवास

प्रधानमन्त्री प्रचण्डलाई बंकरसहितको २२ कोठे निवास

प्रधानमन्त्रीका लागि बालुवाटारमा वनाईएको बंकरसहितको सरकारी निवास प्रयोगमा आउन थालेको छ। प्रधानमन्त्रीले नयाँ भवनबाटै भेटघाट थालेका छन्।

बुधबार प्रधानमन्त्रीले सोही भवनमा उपराष्ट्रपति निर्वाचनका लागि दस दलीय गठबन्धनको बैठक राखेका थिए भने सात वटै प्रदेशका प्रदेश प्रमुखहरुसँग पनि सोही भवनमा भेटघाट गरेका थिए।

प्रधानमन्त्रीको पुरानो निवास साँघुुरो भएपछि साढे ३३ करोड लागतमा आवास भवन र सार्वजनिक भवन बनाउन थालिएको थियो। प्रधानमन्त्रीको आवास भवन तीन तले छ भने त्यसमा २२ वटा कोठा रहेका छन्। यो भवन मंसिरमै तयार भएको थियो ।

‘इन्टेरियरसहित सबै काम सकिएको छ। नयाँ सार्वजनिक भवनमा प्रधानमन्त्री प्रचण्डले  बुधबारदेखि बैठक गर्न थाल्नुभएको छ,’ सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठले भने। बंकरसमेत भएका दुवै भवन नेपाली परम्परागत शैलीमा निर्माण गरिएको श्रेष्ठको भनाइ छ।

यो भवनमा मिडिया कक्ष पनि निर्माण गरिएको छ। 
 

प्रधानमन्त्री निवास

विशेष