किरियापुत्री प्रदेश सांसदद्वारा उपराष्ट्रपतिलाई मतदान

गण्डकी प्रदेशका किरियापुत्री प्रदेश सांसद प्रकाश बरालले पनि उपराष्ट्रपति निर्वाचनमा मतदान गर्न सहभागि भएका छन्। पार्टीको आग्रह र आफ्नो मतदाताले आफू प्रति गरेको भरोसाका लागि मतदान गर्न आएको उनले वताए।
उनी गत चुनावमा कास्की ३ ( ख) बाट निर्वाचित भएका थिए । उनको बुवाको निधन भएको आठ दिन भएको छ । उपराष्ट्रपति निर्वाचनका लागि नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य (बोहरा), सत्ता गठबन्धनको तर्फबाट जसपाका रामसहायप्रसाद यादव, जसपाकै प्रमिला कुमारी यादव र जनमत पार्टीकी ममता झा गरी चार उम्मेदवार छन् ।
जसपाकी प्रमिला कुमारीले आफ्नो उम्मेदवारी निष्कृय भएको बताएकी छन् ।
उपराष्ट्रपति