News

उपराष्ट्रपतिका यी दुई उम्मेदवारले आफैंलाई मतदान गर्न पाएनन्

उपराष्ट्रपतिका यी दुई उम्मेदवारले आफैंलाई मतदान गर्न पाएनन्

उपराष्ट्रपतिमा उम्मेदवारी दिएका दुई जनाले आफैलाई पनि भोट हाल्न पाएनन्। शुक्रबार बिहानबाट जारी मतदानमा नेकपा एमालेकी अष्टलक्ष्मी शाक्य र जनमत पार्टीकी ममता झाले मतदान गर्न नपाएका हुन।

नयाँ उपराष्ट्रपतिका लागि शाक्य, झा र जसपाको तर्फबाट रामसहायप्रसाद यादव प्रतिस्पर्धामा छन्। यीमध्ये २ उम्मेदवारले आफूलाई मतदान गर्न नपाएका हुन।

संघीय सांसद र प्रदेश सांसद मतदाता रहने यो निर्वाचनमा शाक्य र झा सांसद नरहेकाले मतदानमा सहभागी हुने छैनन्। तर यादव भने जसपाबाट निर्वाचित सांसद हुन्। उनी प्रतिनिधि सभाका लागि बारा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्। 

शाक्य भने संविधान सभा सदस्य तथा बागमी प्रदेशको मुख्यमन्त्री समेत भएकी थिइन्। उनले मंसिर ४ को निर्वाचनमा भने उम्मेदवारी दिन अस्वीकार गरेकी थिइन्। 

ममता झा भने वैशाख ३० को स्थानीय तह निर्वाचनमा राजविराज नगरपालिकामा मेयर पदको प्रत्यासी थिइन्। उनी मेयरमा पराजित हुँदै सातौं स्थान प्राप्त गरेकी थिईन। 
 

उपराष्ट्रपति

विशेष