News

चोरीको आरोप लागेका बालक मृत फेला, करेन्ट लगाएर हत्या गरेको आशंका

चोरीको आरोप लागेका बालक मृत फेला, करेन्ट लगाएर हत्या गरेको आशंका

सिरहामा चोरीको आरोप लागेका एक बालक मृत फेला परेका छन् । उनलाई करेन्ट लगाएर हत्या गरिएको आशंका गरिएको छ।

अर्नमा गाउँपालिका ४ लक्ष्मीपुरमा चोरीको आरोप लागेका स्थानीय बेचन महराका ११ वर्षीय छोरा निरज मोचीको शव घरदेखि करिब एक किलोमिटर दुरीमा रहेको तरकारी बारीमा फेला परेको छ। उनीमाथि स्थानीय पबित्तर महतोको पसलमा शुक्रवार बिहान चोरी गरेको आरोप लागेको थियो।

मोचीसहित पाँच जना मिलेर पसलमा चोरी गरेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएर वडा कार्यालयको निगरानीमा थुनेर राखिएको थियो। थुनिएकाहरुले नै मोची र अन्य २ जनाको पनि चोरीमा संलग्नता रहेको बताएका थिए ।

तर मोचीसहित तीन जना फेला पर्न सकेका थिएनन् । राति समेत घर नगएका बालक मोची शनिविार बिहान करिब ९ बजे खेतमा मृत फेला परेको प्रहरीले जनाएको छ। उनको बायाँ हातमा करेन्ट लागेको देखिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी रविन्द्र पाण्डेका अनुसार घटना शंकास्पद देखिएको छ । त्यस विषयमा अनुशन्धान भईरहेको उनले वताए ।
 

विशेष